काठमाडौँ । नेपाल ‘थ्री नेशन्स कप’ फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।
उपाधिको लागि भएको फाइनल खेलमा बङ्गलादेशलाई २–१ ले हराउँदै नेपाल प्रतियोगिताको उपाधि जितेको हो ।
नेपालले ३७ वर्षपछि घरेलु मैदानमा ट्रफी उचाल्न सफल भयो । सन् १९९९ मा दक्षिण एशियाली फुटबल प्रतियोगितामा नेपाललाई हराएर बङ्गलादेशले ट्रफी उचालेको थियो । उक्त हारको बदला समेत नेपालले पूरा गरेको छ । प्रतियोगिताको ट्रफीसँगै नेपाल पाँच हजार अमेरिकी डलर पुरस्कारबाट पुरस्कृत भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा नेपालका लागि सञ्जोग राई र विशाल राईले एक एक गोल गरेका थिए । सञ्जोगले १८ औं मिनेटमा पहिलो गोल गर्दै १–० को सुरुवाती अग्रता दिलाएका थिए ।
त्यसअघि १७ औं मिनेटमा डिफेन्डर अनन्त तामाङको हेडरलाई बङ्गलादेशका अनिसुर रहमानले बचाएका थिए । १३ औं मिनेटमा सुनिल बलको क्रसमा त्रिदेव गुरुङले नियन्त्रणमा लिन नसक्दा बङ्गलादेशका डिफेन्डरले क्लियर गरी नेपाललाई सुरुवाती अग्रता बनाउनबाट रोकेका थिए ।
४२ औं मिनेटमा विशाल राईले गोल गर्दै नेपालको अग्रता दोब्बर पारेका थिए ।
पहिलो हाफमा २–० ले पछाडि परेको बङ्गलादेश खेलको दोस्रो हाफमा आक्रामक खेलेको थियो ।
८२ औं मिनेटमा बङ्गलादेशले पहिलो गोल गर्दै खेल अन्तरलाई कम पार्यो । ८१ औं मिनेटमा विशाल राईलाई छिरिङ्ग गुरुङले बिस्थापित गरिरहँदा नेपाली खेलाडी पूर्णरुपमा तयार समेत नभएको अवस्थामा बङ्गलादेशले सही सदुपयोग गर्दै गोल गर्न पुग्यो ।
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने