थ्री नेशन्स कपको उपाधि नेपालले जित्यो

Photo GoalNepal.com

काठमाडौँ । नेपाल ‘थ्री नेशन्स कप’ फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

उपाधिको लागि भएको फाइनल खेलमा बङ्गलादेशलाई २–१ ले हराउँदै नेपाल प्रतियोगिताको उपाधि जितेको हो ।

नेपालले ३७ वर्षपछि घरेलु मैदानमा ट्रफी उचाल्न सफल भयो । सन् १९९९ मा दक्षिण एशियाली फुटबल प्रतियोगितामा नेपाललाई हराएर बङ्गलादेशले ट्रफी उचालेको थियो । उक्त हारको बदला समेत नेपालले पूरा गरेको छ । प्रतियोगिताको ट्रफीसँगै नेपाल पाँच हजार अमेरिकी डलर पुरस्कारबाट पुरस्कृत भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा नेपालका लागि सञ्जोग राई र विशाल राईले एक एक गोल गरेका थिए । सञ्जोगले १८ औं मिनेटमा पहिलो गोल गर्दै १–० को सुरुवाती अग्रता दिलाएका थिए ।
त्यसअघि १७ औं मिनेटमा डिफेन्डर अनन्त तामाङको हेडरलाई बङ्गलादेशका अनिसुर रहमानले बचाएका थिए । १३ औं मिनेटमा सुनिल बलको क्रसमा त्रिदेव गुरुङले नियन्त्रणमा लिन नसक्दा बङ्गलादेशका डिफेन्डरले क्लियर गरी नेपाललाई सुरुवाती अग्रता बनाउनबाट रोकेका थिए ।
४२ औं मिनेटमा विशाल राईले गोल गर्दै नेपालको अग्रता दोब्बर पारेका थिए ।
पहिलो हाफमा २–० ले पछाडि परेको बङ्गलादेश खेलको दोस्रो हाफमा आक्रामक खेलेको थियो ।
८२ औं मिनेटमा बङ्गलादेशले पहिलो गोल गर्दै खेल अन्तरलाई कम पार्यो । ८१ औं मिनेटमा विशाल राईलाई छिरिङ्ग गुरुङले बिस्थापित गरिरहँदा नेपाली खेलाडी पूर्णरुपमा तयार समेत नभएको अवस्थामा बङ्गलादेशले सही सदुपयोग गर्दै गोल गर्न पुग्यो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री