लण्डन । नेपाल पत्रकार महासंघ कुवेत शाखाको अध्यक्षमा नवराज पन्थी चयन भएका छन् ।
शाखाको शुक्रबार भर्चुअलरुपमा सम्पन्न अधिवेसनले पन्थीको अध्यक्षतामा ११ सदस्सीय कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको हो । नवनिर्वाचित समितिमा उपाध्यक्ष एक राज मल्ल, सचिव चन्द्र विक, सहसचिव हरि बानियाँ, कोषाध्यक्ष मनोज थापा र सदस्यहरुमा सुरेश गुरुङ, विजय धामी, प्रेम जिमी, विजय लामा र आकाश शेर्पा रहेका छन् । एक पद पछि पूर्ति गरिने बताइएको छ ।
शाखाका अध्यक्ष हरिकृष्ण न्यौपानेको अध्यक्षतामा सम्पन्न अधिवेसनमा प्रमुख अतिथि रहेका कुवेतका लागि नेपाली राजदुत दुर्गाप्रसाद भण्डारीले नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।
अधिवेसनमा नयाँ नेतृत्व चयन गर्न जय आलेको संयोजकत्वमा दिल पाख्रिन र लोमस बाँस्तोला रहेको एक निर्वाचन समिति गठन गरिएको थियो । संयोजक आलेले नयाँ कार्यसमितिको नाम वाचन गरेका थिए ।
अधिवेसनलाई नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिम बक्स मियाँ, बेल्जियमका अध्यक्ष ओम शर्मा, पोर्चुगल शाखाका अध्यक्ष योगेन्द्रमिलन छन्त्याल, जापानका अध्यक्ष मोहन घले, बेलायतका अध्यक्ष नरेश खपाङ्गीमगर, कोरियाका अध्यक्ष रन्जनराज कुँवर, युरोपका अध्यक्ष केजिन राई, प्रवासी पत्रकार सन्जालका अध्यक्ष दामोदर नेपाल, गैरआवासीय नेपाली संघ कुवेतका अध्यक्ष सुजन केसी, नेपाल अमेरिका पत्रकार संघका पूर्व अध्यक्ष आङछिरिङ शेर्पा, भारत शाखाका महासचिव अर्जुन खनाल, युएई शाखाका अध्यक्ष भूपराज बस्याल, वरिष्ठ पत्रकार भगिरथ योगी, श्रम पत्रकार सन्जालका अध्यक्ष सुनिल न्यौपाने लगायतले शुभकामना दिएका थिए ।
अधिवेसनमा समितिको गतिविधि सचिव आनन्द आचार्यले पेश गरेका थिए ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी