लण्डन । नेपाल पत्रकार महासंघ कुवेत शाखाको अध्यक्षमा नवराज पन्थी चयन भएका छन् ।
शाखाको शुक्रबार भर्चुअलरुपमा सम्पन्न अधिवेसनले पन्थीको अध्यक्षतामा ११ सदस्सीय कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको हो । नवनिर्वाचित समितिमा उपाध्यक्ष एक राज मल्ल, सचिव चन्द्र विक, सहसचिव हरि बानियाँ, कोषाध्यक्ष मनोज थापा र सदस्यहरुमा सुरेश गुरुङ, विजय धामी, प्रेम जिमी, विजय लामा र आकाश शेर्पा रहेका छन् । एक पद पछि पूर्ति गरिने बताइएको छ ।
शाखाका अध्यक्ष हरिकृष्ण न्यौपानेको अध्यक्षतामा सम्पन्न अधिवेसनमा प्रमुख अतिथि रहेका कुवेतका लागि नेपाली राजदुत दुर्गाप्रसाद भण्डारीले नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।
अधिवेसनमा नयाँ नेतृत्व चयन गर्न जय आलेको संयोजकत्वमा दिल पाख्रिन र लोमस बाँस्तोला रहेको एक निर्वाचन समिति गठन गरिएको थियो । संयोजक आलेले नयाँ कार्यसमितिको नाम वाचन गरेका थिए ।
अधिवेसनलाई नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिम बक्स मियाँ, बेल्जियमका अध्यक्ष ओम शर्मा, पोर्चुगल शाखाका अध्यक्ष योगेन्द्रमिलन छन्त्याल, जापानका अध्यक्ष मोहन घले, बेलायतका अध्यक्ष नरेश खपाङ्गीमगर, कोरियाका अध्यक्ष रन्जनराज कुँवर, युरोपका अध्यक्ष केजिन राई, प्रवासी पत्रकार सन्जालका अध्यक्ष दामोदर नेपाल, गैरआवासीय नेपाली संघ कुवेतका अध्यक्ष सुजन केसी, नेपाल अमेरिका पत्रकार संघका पूर्व अध्यक्ष आङछिरिङ शेर्पा, भारत शाखाका महासचिव अर्जुन खनाल, युएई शाखाका अध्यक्ष भूपराज बस्याल, वरिष्ठ पत्रकार भगिरथ योगी, श्रम पत्रकार सन्जालका अध्यक्ष सुनिल न्यौपाने लगायतले शुभकामना दिएका थिए ।
अधिवेसनमा समितिको गतिविधि सचिव आनन्द आचार्यले पेश गरेका थिए ।
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ
नेपालको परराष्ट्र मन्त्रालयले भन्यो – ‘पश्चिम एसियाको द्वन्द्वपछि ३० हजार नेपाली स्वदेश फर्किए’
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषि र कमललाई
बेलायतमा नेपाल पहिल्यै लोकप्रिय : राजदूत रोर्वट फेन
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
सर्वोच्च अदालतले दियो गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतको फैसला स्वीकार गर्ने