जेरुसलेम। दुई वर्षभित्रको अवधिमा चौथो पटक भएको संसदको निर्वाचनमा जित हुने दाबी इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गर्नुभएको छ ।
यद्यपि मत खसालेर बाहिर निस्किएका मतदातामाझ गरिएको सर्वेक्षणले भने संसद्मा बहुमत ल्याउन नेतान्याहू विफल हुनसक्ने देखाएको छ ।
इजरायलको सबैभन्दा लामो समय प्रधानमन्त्रीको पदमा आसिन नेतान्याहूको कार्यकालमा सन् २०१९ पछि यो चौथो निर्वाचन हो । यो मतदानपछि उहाँलाई दक्षिणपन्थी गठबन्धनलाई एकताबद्ध गर्न सक्ने आशा गरिएको छ ।
संसद्मा कुनै पनि दलले बहुमत ल्याउन नसकेपछि दुई वर्षभित्रको अवधिमा चौथो पटक मङ्गलबार निर्वाचन शुरु भएको हो । इजरायलको इतिहासमा राजनीतिक असमझदारीले लगातार चौथो पटक निर्वाचन हुन लागेको हो । पछिल्लो पटक संसद्मा कुनै दलले स्पष्ट बहुमत हासिल गर्न नसकेपछि मुख्य विपक्षीसँग मिलेर सत्ता साझेदारी गरे पनि गठबन्धन टुटेको थियो ।
लिकुड पार्टी पुनःसत्तामा पुग्छ वा पुग्दैन भन्ने यस चुनावले निर्क्यौल गर्नेछ । इजरायलका प्रधानमन्त्री नेतन्याहूमाथि भ्रष्टाचारको आरोप लागे पनि उहाँले प्रधानमन्त्री र पार्टीको नेता पदबाट राजीनामा गर्नु भएको छैन । उहाँमाथिका मुद्दा हाल अदालतमा विचाराधीन अवस्थामा छन् । तर प्रधानमन्त्री नेतन्याहूले आफूले भ्रष्टाचारजन्य कार्य नगरेको दाबी गर्दै आउनु भएको छ ।
प्रधानमन्त्री नेतन्याहूले सत्ता छाड्नु पर्ने भन्दै केही दिनअघि प्रदर्शन पनि भएका थिए । नेतान्याहुले मंगलवार ट्वीट गर्नु हुदै दक्षिणपन्थी र उहाँ नेतृत्वको लिकुडलाई ठूलो जित दिएकोमा इजरायली जनतालाई धन्यवाद दिनु भएको छ । अहिलेसम्म लिकुड सबैभन्दा ठूलो पार्टी भएको उहाँको दाबी रहेको छ ।
धेरै इजरायलीहरू दक्षिणपन्थी रहेको र उनीहरू एउटा स्थायी र सशक्त दक्षिणपन्थी सरकार चाहन्छन् भन्ने स्पष्ट छ उहाँले भन्नु भएको छ ।
निर्वाचनका लागि योग्यमध्ये जम्मा ६७.२५ ले मत खसालेका छन्। यो चुनावलाई नेतान्याहु नेतृत्वको जनमत सङ्ग्रहका रूपमा हेरिएको छ ।
हालका दिनहरुमा ७१ वर्षीय प्रधानमन्त्री नेतान्याहू कोभिड–१९ को खोप अभियान कार्यक्रममा केन्द्रित हुनुहुन्थ्यो र उहाँको कूटनीतिक सफलता केही अरब मुलुकहरूका सम्बन्ध सामान्य बनाउनेमा पनि रहेको छ ।
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ
नेपालको परराष्ट्र मन्त्रालयले भन्यो – ‘पश्चिम एसियाको द्वन्द्वपछि ३० हजार नेपाली स्वदेश फर्किए’
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषि र कमललाई
बेलायतमा नेपाल पहिल्यै लोकप्रिय : राजदूत रोर्वट फेन
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
सर्वोच्च अदालतले दियो गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतको फैसला स्वीकार गर्ने