काठमाडौँ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता माधवकुमार नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला १७ बुँदे प्रस्ताव पारित गर्दै आज सम्पन्न भएको छ ।
भेलाले पार्टी विधान विपरित विधान संशोधन, केन्द्रीय कमिटीका पदाधिकारीको जिम्मेवारी हेरफेर र परिवर्तन तथा पार्टी सदस्यसमेत नरहेका व्यक्तिलाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने गत फागुन २८ गतेको निर्णय अवैधानिक रहेको ठहर गरेको छ ।
भेलाले गत फागुन २८ गतेको निर्णय रद्द गरी क्रमशः स्थायी कमिटी, पोलिटव्यूरो र केन्द्रीय कमिटीको बैठक बोलाई विधि र पद्धतिसम्मत छलफल गर्न माग गरेको छ । भेलाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलाई अवैधानिक ठहर गर्दै संसद् बैठक बोलाउने सर्वोच्चको फैसलाको स्वागतसमेत गरेको छ ।
भेलामा पूराना कम्युनिष्ट नेता मोहनचन्द्र अधिकारी, सिद्धिलाल सिंह, मोदनाथ प्रश्रित, कमलप्रसाद कोइराला, राधाकृष्ण मैनाली, शीतल झा, केशरमणि पोखरेललगायत सहभागी हुनुुहुन्थ्यो । बुधबार शुरु भएको भेलामा देशभरबाट नेपाल पक्षीय अगुवा नेता कार्यकर्ताको उपस्थिति थियो ।
संसद्को ‘लोगो’सहित सांसद मिङमा डेभिड शेर्पा सगरमाथाको चुचुरोमा
आगामी जुन २१ मा नेपाली राजदूतावास लन्डनमा ध्यान तथा योग शिविर हुने
विचार : सहजताको मूल्य र गोपनीयता
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
अभिनेत्रीको काँधमा चलचित्र, बदलिँदै पुरानो सोच
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा