काठमाडौँ। सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले सर्वाेच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय कुमार चुडाल र नहकुल सुवेदीको संसदीय सुनुवाइ प्रक्रिया शुरु गरेको छ ।
समितिको आजको बैठकले उहाँहरुको संसदीय सुनुवाइबारे सर्वसाधारणलाई जानकारी गराउन र त्यस सम्बन्धमा कुनै गुनासो एवं उजूरी भए समितिलाई जानकारी दिन सरकारी सञ्चारमाध्यममा १० दिने सूचना प्रकाशन गर्ने निर्णय गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।
न्यायाधीश चुडाल हाल उच्च अदालत पाटन र सुवेदी उच्च अदातल सुर्खेतमा मुख्य न्यायाधीश हुनुहुन्छ । न्याय परिषद्को फागुन २८ गतेको बैठकले उहाँहरुलाई सर्वाेच्च अदालतका न्यायाधीशमा नियुक्तिका लागि सिफारिश गरी संसदीय सुनुवाइका लागि संसद् सचिवालयलाई जानकारी पठाएको थियो ।
उच्च अदालतमा कार्यरत मुख्य न्यायाधीशमध्ये न्यायाधीशका लागि आवश्यक सेवावधि, शैक्षिक योग्यता, कार्यसम्पादन, वरिष्ठता, अनुभव, विषयवस्तुको ज्ञान, कार्यकुशलता, इमान्दारी, निष्पक्षता र नैतिक आचरण, न्यायिक क्षेत्रमा पुर्याएको योगदान र प्राप्त ख्यातिका आधारमा तुलनात्मकरुपमा योग्यतम देखिएकालाई सर्वाेच्च अदालतका न्यायाधीशमा सिफारिश गरिएको परिषद्ले जनाएको छ ।
समितिले प्राप्त उजूरीमाथि छानबिन गरी प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइमार्फत योग्यता, क्षमता, आचरण र भावी कार्यदिशाबारे जानकारी लिएपछि नाम अनुमोदन गर्ने वा नगर्ने भनी निर्णय लिनेछ ।
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?