लण्डन। बेलायतका राजकुमार फिलिप २८ रातको लामो अस्पताल बसाईपछि मङ्गलबार आफ्नो आवासमा फर्किनुभएको राजदरबार स्रोतले बताएको छ ।
करिब एक महिना पहिले विरामी भएपछि बेलायतकी महारानी एलिजावेथ द्वितीयका ९९ वर्षीय पति राजकुमार फिलिप राजधानी लण्डनस्थित किङ एडवर्ड अस्पतालमा गत फेब्रुअरी १६ मा भर्ना हुनुभएको थियो ।
उपचारकै क्रममा उहाँलाई मुटुसम्बन्धी समस्या पनि देखिएको भन्दै अर्को एक अस्पतालमा सारी उपचार भइरहेको थियो । आफ्नो जीवनकै सम्भवतः लामो अस्पताल बसाईपछि उहाँलाई घर फर्काइएको हो ।
राजकुमार फिलिपको स्वास्थ्य समस्याबारे बिस्तृत विवरणहरू सार्वजनिक गरिएको छैन । राजदरबार स्रोतले फिलिपलाई कोरोनाभाइरससँग सम्बन्धित कुनै समस्या नरहेको बताएको छ ।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने