युरोप । नेपाल पत्रकार महासंघ युरोप शाखाको अध्यक्ष पदमा वर्तमान सचिव महेश कुमार खातीले दावी गरेका छन । तीन साता अघि महासंघ युरोप शाखाको अधिवेशन सकिएपछि नेतृत्व चयनको चरणमा उनको उम्मेदवारी आएको हो ।
वर्तमान अध्यक्ष केजीन राईले तेस्रो कार्यकालको लागि नेतृत्व लिन तयार रहेको बेला उनकै कार्यसमितिमा सचिव रहेका खातीको उम्मेदवारी घोषणा भएको छ । कार्यसमिति र निकट साथीहरु तथा अग्रज पत्रकारहरु कै सल्लाह र सुझाब अनुसार आगामी कार्यकालका लागि नेतृत्व खातीले दावी गरेको बताएका छन । सामाजिक संजाल मार्फत उनले लोकतन्त्रको उच्च सम्मान गर्दै स्वच्छ प्रतिस्पर्धा लागि निर्वाचन मैदानमा आएका उल्लेख गरेका छन ।
महासंघ युरोश शाखाका वर्तमान अध्यक्ष केजीन राई र वरिष्ठ उपाध्यक्ष डिल्ली अम्माई पक्षमा विभाजित देखिएका नेपाल पत्रकार महासंघ युरोप शाखालाई खातीको नेतृत्वमा सर्वसम्मत्तिमा लग्न सकिने दावी युरोपका पत्रकारहरुको छ । डेनमार्क निवासी पत्रकार खातीले आफ्नो नेतृत्वमा सर्वसम्मत कार्यसमिति बनाउन पहल सुरु गरेको बताएका छन ।
उम्मेदवारी घोषणा विज्ञप्ती (फेसवुकबाट)
नेपाल पत्रकार महासंघ, युरोप शाखा अध्यक्षमा उम्मेदवारी घोषणा
असली अर्थात स्वच्छ, निष्पक्ष र पारदर्शी पत्रकारिता सधैं विधि, पद्धति र लोकतन्त्रको पक्षधर हुन्छ । आवधिक निर्वाचनमा स्वच्छ प्रतिस्पर्धाबाट नेतृत्व परिवर्तन लोकतन्त्रको सौन्दर्य हो ।
लोकतन्त्रका तिनै मूल्य मान्यतालाई शिरोपर गर्दै निकट भविष्यमा हुँदै गरेको नेपाल पत्रकार महासंघ युरोप शाखाको अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गर्ने निर्णय गरेको छु । पत्रकारिता आफैमा परिवर्तनको संवाहक हो र पत्रकारिताले परिवर्तनको आवाज उठाउँछ ।
हामी परदेशमा रहेका पत्रकार जसले यहाँको प्रविधि, कला, बिकास, मानवीय मूल्य, संस्कार र सुसंस्कृत समाज देखेका र भोगेका छौं । लेखेर र संचार माध्यम मार्फत अरुलाई जे भन्छौं सुरुवात पनि हामीबाटै हुनुपर्छ भन्ने मान्यता राख्दछु ।
यसपालिको अधिवेशनबाट सम्पूर्ण सहकर्मी पत्रकार अग्रज र शुभ चिन्तकहरुबाट परिवर्तनका पक्षको मेरो उम्मेदवारीलाई साथ दिनुहुनेछ भन्ने विश्वास गरेको छु ।
संधै सही मार्ग देखाउने पत्रकारितामा आबद्ध हामी सबै पत्रकारहरु फ्रन्टलाइनमा हुन्छौं । केही समयदेखि युरोप शाखामा विवाद, जटिल अवस्था र विभिन्न शिरामा बाँडिएका छौं । विधि र पद्धति अनुसार अब सबै मिलेर जानुको विकल्प छैन ।
यसै मार्फ़त आह्वान गर्दैछु सबै अग्रज र समकालीन साथीहरु सबै मिलेर अघि बढौं । युरोपमा कार्यरत पत्रकारलाई गोलबन्द बनाई संस्थागत हितलाई प्रबन्धन गरि अगाडी बढाउन प्रयत्न गर्नेछु ।
पत्रकार र पत्रकारिताको मुल मर्म पेशागत हित नै प्रमुख हो । हाम्रा आ–आफ्ना राजनीतिक तथा अन्य आस्था र विचार होलान् । तिनलाई परै राखेर सबै एक भएर संस्थागत र साझा हितमा लाग्नुपर्ने आवश्यकता छ ।
युरोपमा रहेका सबै पत्रकार र पत्रकारिताको क्षमता अभिवृद्धिका लागि बदलिँदो प्रविधि सुहाउँदो नियमित तालिम तथा क्षमता अभिवृद्धि पहिलो प्राथमिकता हुनेछ ।
अहिले सबैको आँखा युरोप शाखामा केन्द्रित छ । सन् २०१२ का संस्थापकदेखि हालसम्मका अध्यक्ष र कार्यसमितिको योगदानले यो अवस्थामा महासंघ छ । अब सबैको साथ र सहयोगबाट विधिसम्मत सहि तवरले अवतरण गराउन सकारात्मक भूमिका निभाउनु हुनेछ भन्ने पूर्ण विश्वास छ ।
युरोपमा नेपाली पत्रकारिता फष्टाउँदै गइरहेको छ । अझै ब्यवस्थित र व्यवसायिक बनाउनु आवश्यक छ । यसमा सबैको साथ र सहयोग हुनेमा पूर्ण विश्वास छ । महासंघ युरोप शाखा र अग्रजहरुबाट शुरु भएका प्रभावकारी कार्यहरुलाई निरन्तरता दिन प्रतिबद्ध छु । पत्रकार अग्रजको सम्मान, समकालिनलाई प्रोत्साहन र युरोपको नेपाली समाजको हितका लागि समय सुहाउँदा कार्य गर्न गराऊन म बाट हुन सक्ने प्रयत्न गर्नेछु । मर्यादित, निष्पक्ष र स्वतन्त्रता पत्रकारिताको मूल मन्त्र हो । यसलाई आत्मसात गरेर पेशागत र व्यवसायिक बनाउनुपर्दछ ।
युरोपमा रहेका नेपाली राजदूताबास, कूटनीतिक निकाय, क्रियाशील सामाजिक तथा राजनीतिक संघसंस्था गैरआवासीय नेपाली संघ, खेलकूद, संस्कृति, साहित्य, बाणिज्य तथा पर्यटन संग सम्बंधित संघ संस्थाहरु लगायत नेपाल र नेपालीको हकहितको पक्षमा सहकार्य तथा समन्वय गरेर अघि बढ्नेमा दृढ छु ।
शासन ब्यक्तिको हैन विधिको हुनुपर्छ भनेजस्तै छिट्टै हुन गइरहेको नेपाल पत्रकार महासंघ, युरोप शाखाको निर्वाचन विधान अनुसार लोकतान्त्रिक पद्धति मार्फत सफल पार्न सबै साधारण सदस्य, नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, अग्रज पत्रकार, केन्द्रीय प्रतिनिधि चिरन शर्मा, निर्वाचन समितिका संयोजक राजेश चाम्लिङ राई र सदस्यहरु, र्प्रवेक्षक नरेश खपांगी मगर र सम्पूर्ण सबैमा हार्दिक विनम्र अनुरोध गर्दछु ।
हार्दिक धन्यवाद सहित नमस्कार !
विनीत,
महेशकुमार खाती । हाल डेनमार्क ।
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
पोखरामा नेपाली कलालाई विश्वमाझ चिनाउन प्रदर्शनी : नेपाली ३३ र बेलायतसहितका १५ विदेशी कलाकारको सहभागिता
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर