लन्डन — अमेरिकी टेलिभिजन सीबीएसले आइतबार प्रसारण गरेको ओप्रा विन्फ्रीसँग ह्यारी–मेगनको विशेष अन्तर्वार्ताले विश्व तरंगित भएपछि बेलायती राजदरबारले प्रतिक्रिया दिएको छ ।
अन्तर्वार्तामा डचेस अफ ससेक्स मेगनले लगाएको सबैभन्दा ठूलो आक्षेपमा आफूहरूको जन्मिने बच्चा कति अश्वेत होला भन्ने कुराकानी शाही परिवारभित्र धेरै पटक भएको भन्ने छ । तर, अन्तर्वार्ताका क्रममा भने दुवैले राजपरिवारका कुन सदस्यले त्यस्तो अभिव्यक्ति दिएका थिए भन्ने खुलाएनन् । ३९ वर्षीय मेघनकी आमा अश्वेत हुन् । उनले ब्रिटिस राजपरिवारभित्रको जीवन आफ्ना लागि धेरै कठिन भएको र कहिलेकाहीं बाँच्ने इच्छा नै मरेको बताएकी बीबीसीले उल्लेख गरेको छ । अन्तर्वार्ताका क्रममा उनले मानसिक समस्या भोग्दा सहयोगका लागि कहाँ सम्पर्क गर्ने भन्नेबारे अन्योलमा परेको समेत बताइन् ।
दरबारद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘पछिल्ला केही वर्ष ह्यारी र मेघनका लागि चुनौतीपूर्ण रहेको थाहा पाउँदा पूरै शाही परिवार निकै दु:खी छ ।’ वक्तव्यमा भनिएको छ, ‘दुवैले उठाएको विषय विशेषगरी रंगभेदसँग जोडिएको विषय निकै चिन्ताजनक छ । हुन सक्छ मानिसहरुले यसलाई अलगअलग तरिकाले सम्झिएका होलान् । हामीले यसलाई गम्भीरतापूर्वक रुपमा लिएका छौं । शाही परिवारले यसलाई निजी रुपमा सम्बोधनको प्रयास गर्नेछ ।’
बकिंघम दरबारले शाही परिवारका सदस्य ह्यारी, मेघन र उनीहरुका छोरा आर्चीलाई धेरै माया गर्ने बताएको छ । आर्चीको छालाको रंगलाई लिएर दरबारमा टिप्पणी गरिएको आरोप लगाए पनि ह्यारीले यसमा महारानी एलिजाबेथ र राजकुमार फिलिपले नगरेको बताएका थिए ।
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
प्रवासी नेपालीको कथामा बन्यो चलचित्र ‘प्रवासी जीवन’
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै