लन्डन — अमेरिकी टेलिभिजन सीबीएसले आइतबार प्रसारण गरेको ओप्रा विन्फ्रीसँग ह्यारी–मेगनको विशेष अन्तर्वार्ताले विश्व तरंगित भएपछि बेलायती राजदरबारले प्रतिक्रिया दिएको छ ।
अन्तर्वार्तामा डचेस अफ ससेक्स मेगनले लगाएको सबैभन्दा ठूलो आक्षेपमा आफूहरूको जन्मिने बच्चा कति अश्वेत होला भन्ने कुराकानी शाही परिवारभित्र धेरै पटक भएको भन्ने छ । तर, अन्तर्वार्ताका क्रममा भने दुवैले राजपरिवारका कुन सदस्यले त्यस्तो अभिव्यक्ति दिएका थिए भन्ने खुलाएनन् । ३९ वर्षीय मेघनकी आमा अश्वेत हुन् । उनले ब्रिटिस राजपरिवारभित्रको जीवन आफ्ना लागि धेरै कठिन भएको र कहिलेकाहीं बाँच्ने इच्छा नै मरेको बताएकी बीबीसीले उल्लेख गरेको छ । अन्तर्वार्ताका क्रममा उनले मानसिक समस्या भोग्दा सहयोगका लागि कहाँ सम्पर्क गर्ने भन्नेबारे अन्योलमा परेको समेत बताइन् ।
दरबारद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘पछिल्ला केही वर्ष ह्यारी र मेघनका लागि चुनौतीपूर्ण रहेको थाहा पाउँदा पूरै शाही परिवार निकै दु:खी छ ।’ वक्तव्यमा भनिएको छ, ‘दुवैले उठाएको विषय विशेषगरी रंगभेदसँग जोडिएको विषय निकै चिन्ताजनक छ । हुन सक्छ मानिसहरुले यसलाई अलगअलग तरिकाले सम्झिएका होलान् । हामीले यसलाई गम्भीरतापूर्वक रुपमा लिएका छौं । शाही परिवारले यसलाई निजी रुपमा सम्बोधनको प्रयास गर्नेछ ।’
बकिंघम दरबारले शाही परिवारका सदस्य ह्यारी, मेघन र उनीहरुका छोरा आर्चीलाई धेरै माया गर्ने बताएको छ । आर्चीको छालाको रंगलाई लिएर दरबारमा टिप्पणी गरिएको आरोप लगाए पनि ह्यारीले यसमा महारानी एलिजाबेथ र राजकुमार फिलिपले नगरेको बताएका थिए ।
नेपालको प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएको घोषणा
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
नेपालमा आइतबारदेखि सुरु हुँदै भूतपूर्व सैनिक सम्मेलन
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार