संसारलाई जित्ने माया नै ठूलो
माया नै सृष्टिको फूल हो
सबैभन्दा निश्चल र चोखो माया माया हो
मायालाई बुझौँ मायालाई चिनौँ
जीवनमा वरदानको रुप हो
यस्तै यस्तै मायाको परिभाषासहित मनु रानाले आफ्नो पहिलो सांगीतिक कोसेली लिएर आएकी छिन् ।
हाल लण्डनमा बसोबासरत मनुले यस गीतमा श्वर मात्र होइन, रचना र कम्पोज पनि उनकै छ । उनलाई म्यूजिक प्रोड्यूसिङमा अल्फ्रेडो रिडले साथ दिएका छन् ।
एप्पल म्यूजिकका साथै युट्यूवमा राखिएको सो गीतमा रानाको परिवारले नै मोडलिङ गरेका छन् । त्यसो त राना दम्पत्तिको जेठी छोरी टेनिसा पूर्व मिस युके नेपाल पनि हुन् । राना दम्पत्तिका साथै टेनिसाका बहिनी र भाइ पनि भिडियोमा छन् । ‘आफ्नो परिवार नै संसारमा सबैभन्दा प्रिय भएकाले उनीहरुलाई भिडियोमा राखिएको’ मनु बताउँछिन् ।
‘माया मनोरम मात्र नभएर आदर्श’ भएको मनुको बुझाइ छ । उनको बुझाइमा माया अरुको आत्मालाई स्पर्श गर्नु, इमानदारिता, विश्वास, सम्मान र अन्तरहृदयदेखिको सम्बन्ध पनि हो । उनले आफ्नो पहिलो गीत माया गर्नेहरुलाई समर्पण गरेकी छिन् ।
ठगीबाट सचेत रहन नेपाली दूतावास लन्डनको आग्रह
बेलायतको बोर्नमथमा क्यान्सर सचेतना कार्यक्रम सम्पन्न
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची