संसारलाई जित्ने माया नै ठूलो
माया नै सृष्टिको फूल हो
सबैभन्दा निश्चल र चोखो माया माया हो
मायालाई बुझौँ मायालाई चिनौँ
जीवनमा वरदानको रुप हो
यस्तै यस्तै मायाको परिभाषासहित मनु रानाले आफ्नो पहिलो सांगीतिक कोसेली लिएर आएकी छिन् ।
हाल लण्डनमा बसोबासरत मनुले यस गीतमा श्वर मात्र होइन, रचना र कम्पोज पनि उनकै छ । उनलाई म्यूजिक प्रोड्यूसिङमा अल्फ्रेडो रिडले साथ दिएका छन् ।
एप्पल म्यूजिकका साथै युट्यूवमा राखिएको सो गीतमा रानाको परिवारले नै मोडलिङ गरेका छन् । त्यसो त राना दम्पत्तिको जेठी छोरी टेनिसा पूर्व मिस युके नेपाल पनि हुन् । राना दम्पत्तिका साथै टेनिसाका बहिनी र भाइ पनि भिडियोमा छन् । ‘आफ्नो परिवार नै संसारमा सबैभन्दा प्रिय भएकाले उनीहरुलाई भिडियोमा राखिएको’ मनु बताउँछिन् ।
‘माया मनोरम मात्र नभएर आदर्श’ भएको मनुको बुझाइ छ । उनको बुझाइमा माया अरुको आत्मालाई स्पर्श गर्नु, इमानदारिता, विश्वास, सम्मान र अन्तरहृदयदेखिको सम्बन्ध पनि हो । उनले आफ्नो पहिलो गीत माया गर्नेहरुलाई समर्पण गरेकी छिन् ।
बेलायतीहरूको प्रेरणादायी यात्रामा आधारित ‘डकुमेन्ट्री फिल्म’ ‘द एभरेस्ट ड्रिम’को ‘प्रिमियर’
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त
नेपालको सरकारी कार्यालय र शैक्षिक संस्थामा अबदेखि सातामा दुई दिन बिदा
नेपालको प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएको घोषणा
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने