काठमाडौँ । कोभ्याक्स सुविधामार्फत उपलब्ध हुने कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप नेपालमा ल्याइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले तीन लाख ४८ हजार मात्रा खोप कोभ्याक्स सुविधामार्फत आज नेपाल आइपुगेको जानकारी दिनुभयो ।
कोभ्याक्सले नेपाललाई एक करोड ३० लाख मात्रा खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । कोभ्याक्स सुविधाअन्तर्गत भारतको सिरम इस्च्टिच्युट अफ इण्डिया कम्पनीले उपत्पादन गरेको ‘कोभिशिल्ड’ खोप नै नेपाल आएको हो ।
उहाँले नेपालको लागि यो खोप प्राप्त गर्नु सुनौलो अवसर भएको भन्दै आगामाी जेठ महिनामा अर्को चरणमा १९ लाख मात्रा खोप नेपालले प्राप्त गर्ने अपेक्षा गरिएको बताउनुभयो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधि सारा बेथ्सोलो न्यन्तीले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई खोप हस्तान्तरण गर्नुभयो । खोपलाई टेकुस्थित स्वास्थ्य सेवा विभागको चिस्यान केन्द्रमा राखिएको छ । नेपाललगायत दक्षिण एसियाली क्षेत्रिय सहयोग सङ्गठन (सार्क)मा वर्मा र श्रीलङ्काले कोभ्याक्समार्फत खोप पाएका छन् ।
कोभ्याक्स सुविधामार्फत कम विकसित देशलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने भएको छ ।
संसद्को ‘लोगो’सहित सांसद मिङमा डेभिड शेर्पा सगरमाथाको चुचुरोमा
आगामी जुन २१ मा नेपाली राजदूतावास लन्डनमा ध्यान तथा योग शिविर हुने
विचार : सहजताको मूल्य र गोपनीयता
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
अभिनेत्रीको काँधमा चलचित्र, बदलिँदै पुरानो सोच
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा