काठमाडौँ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको बैठकले पार्टी अध्यक्ष ‘प्रचण्ड’लाई संसदीय दलको नेता चयन गरेको छ ।
ज्येष्ठ सदस्य झलनाथ खनालको अध्यक्षतामा आज बसेको बैठकले पूर्वप्रधानमन्त्री दाहाललाई दलको नेतामा सर्वसम्मत चयन गरेको सो समूहको संसदीय दलका सचेतक देवप्रसाद गुरुङले जानकारी दिनुभयो ।
अध्यक्ष दाहाललाई दलका नेताका रुपमा अर्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रस्ताव गर्नुभएको थियो भने सांसद पम्फा भूसालले समर्थन गर्नुभएको थियो ।
सो समूहले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाएको घोषणा गरेको थियो । समूहका २५ प्रतिशत सांसदले दलको बैठक माग गरेका थिए । दलको नेता, उपनेता स्वतःनरहेको अवस्था पैदा भएको हुँदा २५ प्रतिशत सांसदले दलको बैठक डाक्न सक्ने प्रावधानका आधारमा आज बैठक बसेको गुरुङले बताउनुभयो ।
बैठकले प्रतिनिधिसभा विघटन गर्ने गत पुस ५ गतेको सरकारको निर्णयको भर्त्सना र पुनःस्थापना गराउने सर्वोच्च अदालतले दिएको परमादेशको स्वागत गरेको छ ।
बैठकले प्रतिनिधिसभा विघटनका विरुद्धमा अग्रपङ्क्तिमा रहेर साथ दिने विभिन्न राजनीतिक दल, नागरिक समाज, पेशाकर्मी, सञ्चारकर्मीलगायतलाई धन्वाद दिने निर्णय गरेको सचेतक गुरुङले जानकारी दिनुुभयो । प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमलाई असंवैधानिक ठहर्याएकाले प्रधानमन्त्रीले तत्काल पदबाट राजीनामा दिनुपर्ने माग पनि गरेको छ ।
दलको बैठकले सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको सहमतिको भने स्वागत गरेको छ । यस्तै ताप्लेजुुङमा भएको आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितलाई तत्काल उचित राहत उपलब्ध गराउन पनि सरकारसँग माग गरेको छ । बैठकमा संसदीय दलको बहुमत सदस्यको उपस्थिति रहेको सचेतक गुुरुङले जिकिर गर्नुभयो ।
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ