नयाँदिल्ली । भारतका उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतका देशका उच्चपदाधिकारीहरूले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
उहाँहरुले सोमबार पहिलो चरणको खोप लगाउँदै आम नागरिकलाई पनि खोप लगाउन आह्वान समेत गर्नुभएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले केन्द्रीय राजधानी नयाँ दिल्लीमा रहेको ‘इन्डियन इन्स्ष्टिच्युट अफ मेडिकल साइन्स (एआइआइएमएस) मा गएर खोप लगाउनु भएको हो ।
उहाँले आफुले खोप लगाएको फोटो सोमबार सामाजिक सञ्जालहरुमा पनि राख्नुभएको छ ।
“मैले आज कोरोनाभाइरस विरुद्धको पहिलो खोप लगाएको छु, चिकित्सक तथा वैज्ञानिकहरुको सिफारिसका आधारमा मैले खोप लगाएको हुँ, विश्वव्यापी महामारीका विरुद्धमा लड्न यसले सवैलाई प्रेरणा मिल्नेछ भन्ने विश्वास लिएको छु,” उहाँले भन्नुभएको छ ।
उहाँले आफुले खोप प्रतिको विश्वास भएकाले खोप लगाएको उल्लेख गर्दै आम नागरिकलाई पनि खोप लगाउन समेत आह्वान गर्नुभयो ।
भारतमा गत जनवरी १६ देखि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको भएपनि प्रधानमन्त्रीसहितका उच्चपदस्थ अधिकारीले भने सोमबार मात्रै लगाउनुभएको हो ।
सोमबार प्रधानमन्त्री मोदीसँगै उपराष्ट्रपति, मन्त्री, न्यायाधीशहरूलगायतका धेरै उच्चपदस्थ पदाधिकारीहरूले खोप लगाउनु भएको हो ।
चार मिस नेपाल र दिल श्रेष्ठको जोडी ‘माया भनेकै यस्तो होला’ मा
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ
नेपालको परराष्ट्र मन्त्रालयले भन्यो – ‘पश्चिम एसियाको द्वन्द्वपछि ३० हजार नेपाली स्वदेश फर्किए’
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषि र कमललाई
बेलायतमा नेपाल पहिल्यै लोकप्रिय : राजदूत रोर्वट फेन
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतको फैसला स्वीकार गर्ने
सुरु भयो एनआरएनए र आईएलओको सहकार्यमा रणनीतिक क्षमता अभिवृद्धि कार्यशाला