लण्डन । संयुक्त अधिराज्य बेलायतका लागि नेपालको नयाँ राजदुतका चार वर्षे कार्यकाल सम्हाल्न लोकदर्शन रेग्मी बेलायत उत्रिएका छन् ।
बेलायतका लागि २१ औं नेपाली राजदुतको जिम्मेवारी पाएका रेग्मी सोमबार बिहान हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन् । सपरिवार बेलायत आइपुगेका उनलाई स्वागत गर्न दुतावासका उपयोग प्रमुखसहितका कर्मचारी हिथ्रो विमानस्थल पुगेका थिए ।
आफ्नो ४ वर्षे कार्यकाल सकेर राजदुत डा. दुर्गावहादुर सुवेदी गत महिना नेपाल फर्किएका थिए । कोरोना संक्रमण र लकडाउनका कारण राजदुत सुवेदीको बेलायत बसाइ करिब चार महिना लम्बिएको थियो । उनले विज्ञप्ति र सामाजिक संजालमार्फत आफू स्वदेश फर्किएको जानकारी बेलायतस्थित नेपाली समुदायलाई दिएका थिए ।
पूर्व मुख्य सचिव रेग्मीले गत बिहीबार मात्र राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजदुत पदको सपथ लिएका थिए ।
राजदुत रेग्मीले बेलायत सरकारको नियमअनुसार एकान्तबासपछि मार्च महिनाको दोस्रो सातापछि नियमित कार्य शुरु गर्ने बताइएको छ ।
हर्मुज सुरक्षित बनाउन सक्रिय बने फ्रान्स–बेलायत
नेपालमा बढे विदेशी पर्यटक, ६ महिनाको अवधिमा ६ लाख २० हजार ४५३ भित्रिए
नेपालमा वालेन्द्र शाह नेतृत्वको सरकारको १०० दिन : के के भए उपलब्धि ?
विदेशस्थित नेपाली नियोग र राहदानी विभागबाट प्रदान गरिने सेवा केही दिन बन्द हुन सक्ने
प्राकृतिक जलवायु प्रणाली ‘एल निनो’ तीव्र बन्दै, चरम मौसमको जोखिम बढ्ने
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
शिशुलाई जबरजस्ती स्वीकार गराइएको घटनामा बेलायतका प्रधानमन्त्रीद्वारा माफी
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान