लण्डन । मर्दाको मलामी, बाँच्दाका जन्ति भन्ने नेपाली उक्तिलाई कोरोना संक्रमणले परिवर्तन गर्याे । आफन्त वा परिवारजनकै सदस्यको मृत्यु हुँदा पनि मलामी बिनै अन्तिम संस्कार गर्नुपर्दाको पीडा धेरैले भोग्नु परेको थियो । तर विश्व स्वास्थ्य संगठनले मृत्यु संस्कारलाई केही सहज बनाएको छ । जसका कारण बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु भएका नेपालीहरुको शवलाई अन्तिम संस्कारका लागि नेपाल नै लैजाने अनुमति मिलेको छ ।
विश्व स्वास्थ्य संगठनको मार्गनिर्देशनमा बसी नेपाल सरकार स्वास्थ्य मन्त्रालयले यससम्बन्धी निर्देशिका जारी गरेको छ ।
उक्त निर्देशिकाअनुसार बेलायत वा प्रवासमा मृत्यु भएका नेपालीहरुको लास नेपाल लान पाइने भएको हो । तर त्यसका लागि बेलायतको हकमा संयुक्त अधिराज्य बेलायतस्थित नेपाली दुतावास र अन्य देशको हकमा सम्बन्धित मुलुकमा रहेको नेपाली दुताबासबाट ‘नो अब्जेक्सन लेटर’ भने लिनु पर्नेछ ।
‘कोरोना संक्रमणको कारण मृत्यु भएका व्यक्तिहरुले बेलायतस्थित नेशनल हेल्थ सर्भिस (एनएचएस)को मापदण्ड पूरा गरी ७ दिन पछि शवलाई सफा गरेर गरेर नेपाल लैजान पाइन्छ’ लण्डनस्थित नेपाली दुतावासका कार्यवाहक राजदुत रोशन खनालले भनिन् ।
नेपाल सरकार र कोभिड १९ लाई व्यवस्थfपन गर्न बनाइएको सरकारी समिति सीसीएमसीले पनि विश्व स्वास्थ्य संगठनका मार्गनिर्देशनलाई पालना गर्दै नेपाल आउने हवाई यात्रु तथा मृतकहरुको दाह संस्कारका बारेमा निश्चित प्रावधानसहितको फारम भराइरहेको छ । जसको विस्तृत विवरण सीधै सीसीएमसीको सिस्टममा बस्ने गर्दछ ।
कार्यवाहक राजदुत खनालले हालसम्म बेलायतबाट एकजना नेपालीले कोरोनाका कारण मृत्यु भएका आफ्ना आफन्तको शव नेपाल लैजान ‘नो अब्जेक्सन लेटर’ लिएको बताइन् ।
परराष्ट्र र स्वास्थ्य मन्त्रालयलाई समेत दुतावासले उक्त ‘नो अब्जेक्सन लेटर’को बारेमा जानकारी गराउने गरेको छ ।
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने