लण्डन । मर्दाको मलामी, बाँच्दाका जन्ति भन्ने नेपाली उक्तिलाई कोरोना संक्रमणले परिवर्तन गर्याे । आफन्त वा परिवारजनकै सदस्यको मृत्यु हुँदा पनि मलामी बिनै अन्तिम संस्कार गर्नुपर्दाको पीडा धेरैले भोग्नु परेको थियो । तर विश्व स्वास्थ्य संगठनले मृत्यु संस्कारलाई केही सहज बनाएको छ । जसका कारण बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु भएका नेपालीहरुको शवलाई अन्तिम संस्कारका लागि नेपाल नै लैजाने अनुमति मिलेको छ ।
विश्व स्वास्थ्य संगठनको मार्गनिर्देशनमा बसी नेपाल सरकार स्वास्थ्य मन्त्रालयले यससम्बन्धी निर्देशिका जारी गरेको छ ।
उक्त निर्देशिकाअनुसार बेलायत वा प्रवासमा मृत्यु भएका नेपालीहरुको लास नेपाल लान पाइने भएको हो । तर त्यसका लागि बेलायतको हकमा संयुक्त अधिराज्य बेलायतस्थित नेपाली दुतावास र अन्य देशको हकमा सम्बन्धित मुलुकमा रहेको नेपाली दुताबासबाट ‘नो अब्जेक्सन लेटर’ भने लिनु पर्नेछ ।
‘कोरोना संक्रमणको कारण मृत्यु भएका व्यक्तिहरुले बेलायतस्थित नेशनल हेल्थ सर्भिस (एनएचएस)को मापदण्ड पूरा गरी ७ दिन पछि शवलाई सफा गरेर गरेर नेपाल लैजान पाइन्छ’ लण्डनस्थित नेपाली दुतावासका कार्यवाहक राजदुत रोशन खनालले भनिन् ।
नेपाल सरकार र कोभिड १९ लाई व्यवस्थfपन गर्न बनाइएको सरकारी समिति सीसीएमसीले पनि विश्व स्वास्थ्य संगठनका मार्गनिर्देशनलाई पालना गर्दै नेपाल आउने हवाई यात्रु तथा मृतकहरुको दाह संस्कारका बारेमा निश्चित प्रावधानसहितको फारम भराइरहेको छ । जसको विस्तृत विवरण सीधै सीसीएमसीको सिस्टममा बस्ने गर्दछ ।
कार्यवाहक राजदुत खनालले हालसम्म बेलायतबाट एकजना नेपालीले कोरोनाका कारण मृत्यु भएका आफ्ना आफन्तको शव नेपाल लैजान ‘नो अब्जेक्सन लेटर’ लिएको बताइन् ।
परराष्ट्र र स्वास्थ्य मन्त्रालयलाई समेत दुतावासले उक्त ‘नो अब्जेक्सन लेटर’को बारेमा जानकारी गराउने गरेको छ ।
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते