काठमाडौँ। सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने गरी आज गरेको फैसलालाई जनता र संविधानको जितका रुपमा टिप्पणी गर्नुभएको छ ।
आजको फैसलाले जनतामा रहेको अदालतप्रतिको विश्वासले अर्को गुणात्मक जित हासिल गरेको उहाँको भनाइ छ । उहाँले जनताको भावनालाई अदालतले सम्मान गरेको भन्दै आजको निर्णयपछि नेपालको न्यायालयप्रतिको विश्वास झनै बढेर गएको बताउनुभयो । रासससँग कुरा गर्दै उहाँले भन्नुभयो, “नेपालको न्यायालयप्रतिको सम्मान झनै बढेर गएको र त्यसले गुणात्मक फड्को मारेको छ ।”
उहाँले प्रतिनिधिसभाको पुनःस्थापनाको पक्षमा लाग्नुभएका राजनीतिक दल, नागरिक समाज, पत्रकार, कानून व्यवसायी सबैलाई धन्यवाद दिँदै उहाँहरुले खेलेको भूमिकाप्रति आभार व्यक्त गर्नुभयो । सभामुख सापकोटाले संविधान अनुसार राज्यका तीनवटै अङ्गबीचको शक्ति पृथकीकरण र सन्तुलन कायम गर्न फैसलाले मार्गप्रशस्त गरेकोसमेत बताउनुभयो । सभामुख सापकोटाले फैसलालाई जनताको पक्षमा भएको महत्वपूर्ण निर्णय भन्दै अब सरोकार भएका सबै पक्षसँग छलफल गरेरर सहमतिका आधारमा संघीय संसद् अगाडि बढ्ने जानकारी दिनुभयो ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार