काठमाडौँ। संयुक्त राष्ट्र सङ्घ विश्व पर्यटन सङ्गठनद्वारा आयोजित पर्यटन रुपान्तरणका लागि ‘ग्लोबल स्टार्टअप’ प्रतियोगितामा नेपालको सामुदायिक घरबास कार्यक्रम ‘होमस्टे’ (कम्युनिटी होमस्टे नेटवर्क) विजयी भएको छ ।
प्रतियोगिताअन्तर्गत दिगो विकास लक्ष्य (एसडिजी) को आठ लक्ष्यमध्ये ‘राम्रो काम र आर्थिक वृद्धि’ विधाको विजेताका रुपमा नेपालको सामुदायिक होमस्टे नेटवर्क सम्मनित भएको हो । संयुक्त राष्ट्रसङ्घ इनोभेशन नेटवर्कले समर्थन गरेको यस प्रतियोगितामा करीब १० हजार प्रारम्भिक प्रस्ताव सहभागी थिए । उनीहरुमध्येबाट विश्व पर्यटन क्षेत्रमा विविध प्रतिभाको क्षमता उजागर गर्दै एसडिजीमा योगदान पुर्याउने १८ देशका २५ विजेता निर्णायक मण्डलले छनोट गरेका हुन् ।
विश्वपर्यटन क्षेत्रका विज्ञ नेता मिलेर बनेको निर्णयक मण्डलले स्थार्टउ अफहरुको एसडिजी विशेष लक्ष्यमा योगदान पुर्याउने सम्भाव्यता, उनीहरुको ‘स्केल अप’ गर्ने क्षमता, ‘प्रोडक्ट’ र यसको व्यवस्थापन टोली दुवैको परिपक्कताका आधारमा मूल्याङ्कन गरेका छन् ।
एसडिजीको प्रगतिका लागि विशेष महत्व र योगदान दिनसक्ने २५ वटा विश्वव्यापी विजेतामध्ये अमेरिकाले नौ प्रतिस्पर्धी विजेतासँग प्रस्ताव पेश गर्ने क्रममा अग्रणि स्थान प्राप्त गरेको छ भने युरोपले आठ विजेता, एशिया र प्रशान्त क्षेत्रबाट छ विजेता तथा अफ्रिका र मध्यपूर्वी क्षेत्रबाट एक÷एक विजेता बनेका छन् ।
सामुदायिक होमस्टे नेटवर्क (सिएचएन) का संस्थापक शिवप्रसाद ढकालले समुदायमा आधारित पर्यटन नेपालको अथाह पर्यटन आयामलाई उजागर गर्न पुरस्कारले प्रेरणा प्रदान गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “समुदाय आधारित पर्यटनको अग्रणि एवं उदाहरणीय गन्तब्यका रुपमा नेपाललाई स्थापित गर्ने अभियानले युएनडब्लुटिओ जस्तो प्रतिष्ठित संस्थाबाट सम्मान प्राप्त गर्नु सम्पूर्ण सिएचएन टोली र हाम्रो राष्ट्रका लागि ठूलो सम्मान हो, ग्रामीण र उदीयमान पर्यटन स्थलमा मौलिक स्थानीय अनुभव प्रदान गर्ने र देशभरका पर्यटन सम्भावनालाई प्रस्फुटित गराउने एक नमूना प्रडक्ट हुनसक्छ तर, हामीले यसको सञ्चालन व्यवस्थापनमा दिगो र जिम्मेवार अभ्यास अपनाउनु पर्दछ ।”
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’