काठमाडौँ । दलालको एक समूहले कुवेतमा काम लगाइदिने बहानामा भारतबाट मलेसिया हुँदै श्रीलङ्का पुर्याएर एक महिलालाई बेचबिखन गरेको पाइएको छ ।
पीडितले दश महिना जेल जीवन बिताई नेपाल फर्किएर उजूरी दिएपछि यसरी मानव बेचबिखन भएको खुलेको हो । कुवेतमा घरायसी काममा लगाइदिने र त्यसबाट आकर्षक तलब पाउने लोभ देखाएर श्रीलङ्कामा मानव बेचबिखन गरेको आरोपमा बेचबिखनमा संलग्न गिरोहमध्ये एक जनालाई पक्राउ गर्न सफल भएको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिनुभयो । पक्राउ पर्नेमा बर्दिया स्थायी घर भई हाल पर्वत बस्दै आएका ३६ वर्षीय खेमबहादुर सुवेदी छन् ।
सुवेदीलाई ब्यूरोबाट खटिएको प्रहरी टोलीले पर्वतको कुस्मामा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ । गिरोहले पीडितको राहदानीसमेत आफ्नै खर्चमा बनाएर प्रलोभनमा पारेका थिए । सुवेदीले नेपालको विमानस्थलबाट जान नमिल्ने भन्दै भारतबाट मलेसिया हुँदै श्रीलङ्का पुर्याएको अनुसन्धानमा खुल्न आएको छ । त्यहाँ पुगेपछि श्रीलङ्कन नागरिक सिराक खान र आलिक खानले बन्धक बनाइराखेको अवस्थामा प्रहरी आई जाँच गर्दा भिषा नभएको पाइएपछि १० महिना जेल बस्नु परेको पीडितले बताउनुभएको छ ।
त्यसपछि नेपाली राजदूतावास र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसमेतको सहयोगमा विसं २०७७ मङ्सिर ३० मा नेपाल फर्कन सफल भएको थियो । सुवेदीलाई आवश्यक अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको तथा अन्य फरार प्रतिवादीको खोजी कार्य जारी रहेको ब्यूरोले आज सूचनामार्फत जनाएको छ ।
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय