काठमाडौँ । दलालको एक समूहले कुवेतमा काम लगाइदिने बहानामा भारतबाट मलेसिया हुँदै श्रीलङ्का पुर्याएर एक महिलालाई बेचबिखन गरेको पाइएको छ ।
पीडितले दश महिना जेल जीवन बिताई नेपाल फर्किएर उजूरी दिएपछि यसरी मानव बेचबिखन भएको खुलेको हो । कुवेतमा घरायसी काममा लगाइदिने र त्यसबाट आकर्षक तलब पाउने लोभ देखाएर श्रीलङ्कामा मानव बेचबिखन गरेको आरोपमा बेचबिखनमा संलग्न गिरोहमध्ये एक जनालाई पक्राउ गर्न सफल भएको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिनुभयो । पक्राउ पर्नेमा बर्दिया स्थायी घर भई हाल पर्वत बस्दै आएका ३६ वर्षीय खेमबहादुर सुवेदी छन् ।
सुवेदीलाई ब्यूरोबाट खटिएको प्रहरी टोलीले पर्वतको कुस्मामा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ । गिरोहले पीडितको राहदानीसमेत आफ्नै खर्चमा बनाएर प्रलोभनमा पारेका थिए । सुवेदीले नेपालको विमानस्थलबाट जान नमिल्ने भन्दै भारतबाट मलेसिया हुँदै श्रीलङ्का पुर्याएको अनुसन्धानमा खुल्न आएको छ । त्यहाँ पुगेपछि श्रीलङ्कन नागरिक सिराक खान र आलिक खानले बन्धक बनाइराखेको अवस्थामा प्रहरी आई जाँच गर्दा भिषा नभएको पाइएपछि १० महिना जेल बस्नु परेको पीडितले बताउनुभएको छ ।
त्यसपछि नेपाली राजदूतावास र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसमेतको सहयोगमा विसं २०७७ मङ्सिर ३० मा नेपाल फर्कन सफल भएको थियो । सुवेदीलाई आवश्यक अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको तथा अन्य फरार प्रतिवादीको खोजी कार्य जारी रहेको ब्यूरोले आज सूचनामार्फत जनाएको छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार