नेकपा विवादको असर बेलायतमा : पार्टी साधारण सदस्यबाट भक्त गुरुङ बर्खास्तिको सिफारिस

ओएनयूएफ (ओली समुह) अध्यक्ष गुरुङ

लण्डन । प्रवासी नेपाली एकता मंच (ओेएनयूएफ) यूकेले नेकपा (ओली समुह) बेलायतका अध्यक्ष भक्त गुरुङलाई साधारण सदस्यबाट बर्खास्तिको सिफारिस गरेको छ । ओेएनयूएफका अध्यक्ष राजेन्द्र पुडासैनिको अध्यक्षतामा बसेको बैठकले सर्बसम्मत रुपमा बर्खास्तिको सिफरिस गरेको हो ।
कार्य समितिको बैठकपछि शनिबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा पुडासैनीले  भने ‘पार्टी नीति बिपरित गुटगत भेला गर्ने काममा संलग्न पाइएकोले गुरुङलाई साधारण सदस्य समेत नरहने गरि बर्खास्तिको सिफारिस गरिएको छ।’ ओेएनयूएफले कुनै पनि सदस्यलाई सिधा गर्ने नगरी प्रवास समन्वय कमिटि मार्फत कारवाही बढाउनु पर्ने प्रावधान बिधानमा छ। गुरुङले नेकपा बिभाजनपछि प्रवास समुह यूके मार्फत काम गरेपनि ओेएनयूएफको नाम चोरेको आरोप पुडासैनीले लगाए ।
बैठकले पार्टी बिरुद्धको गतिबिधिमा लाग्नेहरुका बारेमा थप अनुसन्धान भैरहेकाले केही सदस्यहरुलाई करवाही गर्ने निर्णय गरेको छ। केही समयपछि नाम सार्वजनिक गर्ने जानकारी उनले दिए । गुरुङ ओेएनयूएफका साधारण सदस्यका रुपमा रहेपनि गैरआबासीय नेपाली संघमा मनोनित आइसीसी सदस्य हुन ।
त्यस्तै बैठकले कार्यसमितिका रिक्त पदहरुमा पुर्ति गर्ने निर्णय गरेको छ। बैठकले सल्लाह्कार मनोनयन, क्षेत्रिय ईलाका कमिटि गठन गर्ने निर्णय गरेको ओेएनयूएफ सचिब सुरेश गौतमले जनाए । पत्रकार सम्मेलनमा ओेएनयूएफका नेताहरु रबिन्द्र कंडेल र उमेश मोक्तान समेत उपस्थित थिए ।

नेकपा भित्रको बिबादमा एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ

प्रवासी नेपाली एकता मन्च (ओेएनयूएफ) यूकेले एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ बिबादमा तानिएकी छिन । गतसाता नेकपा (ओली समुह) ले गठन गरेको प्रवासी नेपाली मन्च यूके अध्यक्ष भक्त गुरुङलाई सामाजिक सन्जाल बधाई दिएपछि बिबादमा परेकी हुन। एनआरएनए यूके अध्यक्ष गुरुङले सामाजिक संस्थाको पद दुरुपयोग गरि एउटा गुटलाई बधाई दिएको भन्दै नेकपा (प्रचन्ड माधव समुह) ओेएनयूएफले औपचारिक रुपमा असन्तुस्टि ब्यक्त गरेको छ। एनआरएनए यूके भित्रका आफ्ना समस्या समाधान गर्न छोडेर दल भित्रका बिबादमा पस्नु हुँदैन’, अध्यक्ष पुडासैनीले भने ।
एनआरएनए जस्तो सामाजिक संस्थालाई कसैको प्रभावमा पर्न दिनु हुँदैन भन्ने मन्यता ओेएनयूएफ अडिग रहेको उनको भनाइ थियो । एनआरएनए यूके अध्यक्ष पुनम गुरुङले केही दिन अघि दाजु भक्त गुरुङ प्रवासी नेपाली एकता नेपाली मन्च यूके अध्यक्ष भएकोमा बधाई दिएकी थिएन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री