काठमाडौं – नेकपाको प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्री रिहा भएकी छन् । उनलाई प्रहरीले घरमै लगेर छाडिदिने शर्तमा रिहा गरेको हो ।
प्रहरीले बिहीबार दिउँसो उनलाई शंखमूलस्थित निवासबाट राज्यविरुद्धको कसुर अन्तर्गत पक्राउ गरेको थियो ।
यस अघि नेकपाको प्रचण्ड-माधव समूहसंग आबद्ध युवा, विद्यार्थीहरुले नेतृ झाँक्रीको रिहाइको माग गर्दै विरोध प्रदर्शन गरेका थिए ।
नेकपा प्रचण्ड-माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै झाँक्रीलाई निशर्त र अविलम्ब रिहा गर्न माग गरेका थिए ।
श्रेष्ठले जारी गरेको विज्ञप्तिमा नेपालको संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउँदै गरिएको यस गिरफ्तारीले वर्तमान सरकारको अलोकतान्त्रिक, निरंकुश र सर्वसत्तावादी चरित्रलाई उदांगो पारेको भनिएको छ ।
त्यस्तै नेपाली कांग्रेसले राज्यविरुद्धको कसूरको आरोपमा पक्राउ परेकी नेतृ रामकुमारी झाँक्रीलाई अविलम्ब रिहा गर्न माग गरेको थियो ।
बिहीबार प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गरी, उनकै शब्दमा, प्रतिशोधपूर्ण राजनीति नगर्न सरकारलाई आग्रह गरेका थिए । उनले संयमपूर्वक समाधान पहिल्याउन र नेतृ रामकुमारी झांक्रीलाई अविलम्ब रिहा गर्न पनि माग गरेका थिए ।
बन्दी प्रत्यक्षीकरण रिट दर्ता बिहीबार नै नेतृ झाँक्रीलाई गरिएको पक्राउ विरूद्ध सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरिएको थियो ।
झाँक्रीका तर्फबाट अधिवक्ता गुणराज आचार्यद्वारा दायर रिट निवेदनमा गैरकानूनी रूपमा झाँक्रीलाई पक्राउ गरिएको भन्दै उनको तत्काल रिहाइको माग गरिएको छ । रिहा भए पछि बोल्दै नेतृ झाँक्रीले संवैधानिक राष्ट्रपति संस्थाप्रति आफ्नो सधैं सम्मान रहेको तर उक्त पदमा रहेका व्यक्तिको क्रियाकलापको आलोचना गरेकोमा आफुलाई कुनै पश्चात्ताप न भएको बताइन् ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?