
cd/ g]Djfª lnDa” :d[lt ;flxTo k’/:sf/af6 k|f 8f e§/fO{ ;Ddflgt
kfFry/, @& df3M
cd/ g]Djfª lnDa” :d[lt k|lti7fgn] ;f]daf/ kfFry/sf] lkmlbddf cfof]hgf u/]sf]
cd/ g]Djfª lnDa” :d[lt ;flxTo k’/:sf/Ú ;flxTosf/ k|f 8f uf]ljGb/fh e§/fO{nfO{ k|bfg ub}{ ;+ljwfg;ef ;b:o eLid/fh cfªb]Da] . k’/:sf/sf] /flz hgxL ? %) xhf/ /x]sf] 5 . pQm k’/:sf/ b’O{ jif{cl3 lgwg x’g’ePsf kfFry/sf] kmfNu’gGb ufpFkflnsfsf tTsfnLg cWoIf Pj+ ;flxTosf/ cd/s’df/ g]Djfªsf] :d[ltdf :yfkgf ePsf] xf] . tl:a/ M /jLGb| sfn]÷/f;;
सो अवसरमा आङदेम्बेले साहित्यले समृद्धिको पाठ सिकाउनुपर्ने र समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । दशकैपिच्छेका राजनीतिक अस्थिरताले आम जनमानस तथा साहित्यकर्मीहरुमा आक्रोश मात्रै पैदा गराएको भन्दै उहाँले अब यस्तो अवस्था र चिन्तनको अन्त्य गर्नुपर्ने बताउनुभयो ।
पुरस्कृत वीर नेम्वाङ पूर्वी नेपालमा लिम्बूवान पक्षधर राजनीति र लेखनमा सक्रिय हुनुहुन्छ भने प्रा डा भट्टराई नेपाली साहित्यमा योगदान दिँदै त्रिभुवन विश्वविद्यालयमा अध्यापनबाट सेवा निवृत्त हुनुभएको हो । सम्मानपछि नेम्वाङले पाँचथर आयामेली साहित्य आन्दोलन, रङ्गवादी साहित्य आन्दोलन, उत्तरवर्ती सोच र सिर्जनशील अराजकताजस्ता नेपाली साहित्यमा विशिष्ट योगदान दिने अभियानको अगुवाइ गर्ने जिल्ला भएको भन्दै साहित्यमार्फत सामाजिक रूपान्तरणमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो । प्रा डा भट्टराईले स्व अमरकुमार नेम्वाङको इको राइटिङ (पर्यावरणीय लेखन) अनुकरणीय काम रहेको बताउनुभयो । उहाँले नेम्वाङका रचनालाई पाठ्यक्रममा समावेश गर्नुपर्ने तथा अङ्ग्रेजी भाषामा रूपान्तरण गरी अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताउनुभयो ।
अमर नेम्वाङ लिम्बू स्मृति प्रतिष्ठानका धर्मेन्द्र नेम्वाङका अनुसार स्व नेम्वाङको स्मृति दिवसका अवसरमा साहित्य पुरस्कार वितरण तथा अन्य सामाजिक कार्य गर्न थालिएको हो । गत वर्षदेखि उक्त साहित्यिक पुरस्कार वितरण थालिएको थियो । गत वर्ष उक्त पुरस्कार लेखकद्वय डा देवी क्षेत्री दुलाल र मुनाराज शेर्माले प्राप्त गर्नुभएको थियो ।
उक्त पुरस्कार वितरण कार्यक्रममा जिल्लाको कुम्मायक गाउँपालिका–१ का आगलागी प्रभावित कृष्णबहादुर थापा र डिकबहादुर थापाको परिवारलाई जनही रु १२ हजार ५०० राहत उपलब्ध गराइएको छ । यस्तै बाबुआमाविहीन सत्यहाङमा माध्यमिक विद्यालय फाल्गुनन्द–२ मा कक्षा १ मा अध्ययनर छ वर्षीय ग्राविल नेम्वाङको पठनपाठनमा सहयोग गर्न रु १० हजारको छात्रवृत्तिसमेत वितरण गरिएको छ । प्रतिष्ठानले जिल्लाका आठवटै स्थानीय तहलाई स्वास्थ्य सामग्रीसमेत वितरण गरेको छ ।
लिम्बू समुदायबाट दुई विषयमा स्नातकोत्तर गर्ने पहिलो व्यक्ति स्व नेम्वाङ जीवनभर समाजको सेवामा समर्पित हुनुभएको थियो । गाउँ पञ्चायतको प्रधानपञ्च, गाविस अध्यक्ष हुँदै उहाँ गाउँपालिका अध्यक्ष निर्वाचित हुनुभएको थियो । विसं २०७५ माघ २६ गते गाउँपालिकाको वडा नं ५ फाक्तेपमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बेहोस भई ढल्नुभएका नेम्वाङको अस्पताल पुर्याउन नपाउँदै निधन भएको थियो । उहाँका तीन साहित्यिक कृति प्रकाशित छन् ।
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता