
लण्डन । गैरआवासीय नेपाली संघ यूके, इंग्ल्याण्ड राज्य समन्वय परिषदले आगामी २१ मार्चको राष्ट्रिय जनगणनामा सहभागीता गराउन नागरिक समाजका अगुवाहरु सँग सुझाब लिएको छ । गत आइतबार परिषद् अध्यक्ष दिपक श्रेष्ठको अध्यक्षतामा आयोजना भएको चेतनामुलुक कार्यक्रममा बेलायतस्थित नेपाली समुदायलाई जनगणना २०२१ मा शत प्रतिशत सहभागीता सम्बन्धि बिषयलाई लिएर सुझाब लिइएको हो । उक्त सचेतना कार्यक्रममा झण्डै ७० संघसंस्थाहरुका १ सय १८ प्रतिनिधि भर्चुअल जुममा उपस्थित भएका थिए ।
राज्य समन्वय परिषद, इंग्ल्याण्डका सचिव गोबिन्द खरेलले संचालन गरेको कार्यक्रममा समिर गुरुङ र मैया डंगोल के.सी, कम्युनिटी इन्गेजमेन्ट म्यानेजर आदम डेलद्वारा जनगणनाका बारेमा प्रस्तुती गरेका थिए । उनीहरुले प्रश्नावलीका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा नेपाल अध्ययन केन्द्र संस्थापक डा. कृष्ण अधिकारीले जनगणनाका बारेमा जानकारी दिएका थिए ।
कार्यक्रममा एनआरएनए यूकेका प्रमुख संरक्षक डम्बर घले, गोर्खा अभियन्ता टिकेन्द्र देवान, तमुधी यूके पुर्व अध्यक्ष नन्दजंग गुरूङ, मगर संघ युके अध्यक्ष सुनिल राना, साझा नेपाली समाज युके अध्यक्ष महेश अधिकारी तमु समाज युके अध्यक्ष शिबचन्द्र गुरूङ साउथ वेस्ट लण्डन नेप्लिज गोर्खाज अध्यक्ष शेर बहादुर पुन, एनआरएनए युके संरक्षक सुर्य गुरुङ, महेन्द्र लिम्बु, चार भन्ज्याङ समाज युके अध्यक्ष मदन बहादुर गुरूङ, डा सुरज मणि पौडेल ,शुशिल प्रजापति, गजेन कटुवाल र एलएन पाण्डेले जनगणनाका बिषयमा सुझाब दिए ।
कार्यक्रममा यज्ञ क्षेत्री, नारायण भण्डारी, कर्ण दर्लामी मगर, चेतबहादुर राना मगर, कृष्ण न्यौपाने, टेकबहादुर गुरुङ, रामराजा मल्ल, दुर्गा पोख्रेल, धनबहादुर सार्की, संजय कंडेल, खुसीमान गुरुङ, शर्मिला सिंह, ह्यारी गुरुङ, धनबहादुर थाने मगर, शिवचन्द्र गुरुङ, धर्म शाक्य, रोहित कुमार गुरुङ, रबिन्द्र शर्मा , धन कुमार काम्वाङ्ग, लिला थापा, दीपक सापकोटा, मदन गुरुङ, रमेश खेजु, बलराम चापागाईं, इन्द्रजित सारु मगर, नेत्र आले, बलराम ढकाल, डम्बर सिंह, एकेन्द्र गुरुङ, जीबन सेन, चन्द्र गुरुङ, टोप पल्ली, राम गलामी, ज्ञाम गुरुङ, माधव प्रसाद पोख्रेल, केशवहादुर गुरुङ, शर्मिला हिराचन, कृष्ण खरेल, एनआरएनए युके उपाध्यक्ष रोजिना प्रधान राई र फडिन्द्र भट्टराईलगायतका सामाजिक अभियन्ताहरु सहभागीता रहेको थियो । कार्यक्रमको प्रमुख अतिथि गैरआवासीय नेपाली संघ, यूके अध्यक्ष पुनम गुरुङ थिइन ।
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने