
लण्डन । गैरआवासीय नेपाली संघ यूके, इंग्ल्याण्ड राज्य समन्वय परिषदले आगामी २१ मार्चको राष्ट्रिय जनगणनामा सहभागीता गराउन नागरिक समाजका अगुवाहरु सँग सुझाब लिएको छ । गत आइतबार परिषद् अध्यक्ष दिपक श्रेष्ठको अध्यक्षतामा आयोजना भएको चेतनामुलुक कार्यक्रममा बेलायतस्थित नेपाली समुदायलाई जनगणना २०२१ मा शत प्रतिशत सहभागीता सम्बन्धि बिषयलाई लिएर सुझाब लिइएको हो । उक्त सचेतना कार्यक्रममा झण्डै ७० संघसंस्थाहरुका १ सय १८ प्रतिनिधि भर्चुअल जुममा उपस्थित भएका थिए ।
राज्य समन्वय परिषद, इंग्ल्याण्डका सचिव गोबिन्द खरेलले संचालन गरेको कार्यक्रममा समिर गुरुङ र मैया डंगोल के.सी, कम्युनिटी इन्गेजमेन्ट म्यानेजर आदम डेलद्वारा जनगणनाका बारेमा प्रस्तुती गरेका थिए । उनीहरुले प्रश्नावलीका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा नेपाल अध्ययन केन्द्र संस्थापक डा. कृष्ण अधिकारीले जनगणनाका बारेमा जानकारी दिएका थिए ।
कार्यक्रममा एनआरएनए यूकेका प्रमुख संरक्षक डम्बर घले, गोर्खा अभियन्ता टिकेन्द्र देवान, तमुधी यूके पुर्व अध्यक्ष नन्दजंग गुरूङ, मगर संघ युके अध्यक्ष सुनिल राना, साझा नेपाली समाज युके अध्यक्ष महेश अधिकारी तमु समाज युके अध्यक्ष शिबचन्द्र गुरूङ साउथ वेस्ट लण्डन नेप्लिज गोर्खाज अध्यक्ष शेर बहादुर पुन, एनआरएनए युके संरक्षक सुर्य गुरुङ, महेन्द्र लिम्बु, चार भन्ज्याङ समाज युके अध्यक्ष मदन बहादुर गुरूङ, डा सुरज मणि पौडेल ,शुशिल प्रजापति, गजेन कटुवाल र एलएन पाण्डेले जनगणनाका बिषयमा सुझाब दिए ।
कार्यक्रममा यज्ञ क्षेत्री, नारायण भण्डारी, कर्ण दर्लामी मगर, चेतबहादुर राना मगर, कृष्ण न्यौपाने, टेकबहादुर गुरुङ, रामराजा मल्ल, दुर्गा पोख्रेल, धनबहादुर सार्की, संजय कंडेल, खुसीमान गुरुङ, शर्मिला सिंह, ह्यारी गुरुङ, धनबहादुर थाने मगर, शिवचन्द्र गुरुङ, धर्म शाक्य, रोहित कुमार गुरुङ, रबिन्द्र शर्मा , धन कुमार काम्वाङ्ग, लिला थापा, दीपक सापकोटा, मदन गुरुङ, रमेश खेजु, बलराम चापागाईं, इन्द्रजित सारु मगर, नेत्र आले, बलराम ढकाल, डम्बर सिंह, एकेन्द्र गुरुङ, जीबन सेन, चन्द्र गुरुङ, टोप पल्ली, राम गलामी, ज्ञाम गुरुङ, माधव प्रसाद पोख्रेल, केशवहादुर गुरुङ, शर्मिला हिराचन, कृष्ण खरेल, एनआरएनए युके उपाध्यक्ष रोजिना प्रधान राई र फडिन्द्र भट्टराईलगायतका सामाजिक अभियन्ताहरु सहभागीता रहेको थियो । कार्यक्रमको प्रमुख अतिथि गैरआवासीय नेपाली संघ, यूके अध्यक्ष पुनम गुरुङ थिइन ।
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान