लण्डन । बेलायतमा सरकारले साना व्यावसायीहरुलाई सरकारद्वारा दिइएको ऋण तिर्नका लागि थप सहुलियतको घोषणा गरेको छ ।
गतवर्ष कोरोना भाइरसको पहिलो लहरताका सरकारले आफैँ ग्यारेन्टी बसी साना व्यवसायीहरुलाई ऋण सुविधा दिएको थियो । सरकारको शुरुवातको घोषणाअनुसार त्यस्तो ऋण एक वर्षका लागि बिना ब्याज र ६ वर्षभित्र सो ऋण तिर्नपर्ने प्रावधान रहेको थियो । तर बेलायतमा कोरोनाको लहर एकपछि अर्को गर्दै थपिँदै गएपछि व्यापारमा परेकाे असरलाई सम्बोधन गर्न सरकारले थप सहुलियत घोषणा गरेको हो ।
थप सुविधाअन्तर्गत साना व्यवसायहरुले ऋण तिर्नका लागि १० वर्षसम्मको समय पाउनेछन् । तीन पटकसम्म ६/६ महिनाको ऋण मात्र तिर्ने सुविधा पाउने छन् । यस्तै, ६ महिनासम्म ऋण तिर्ने कार्यलाई स्थगन गर्न सक्नेछन् ।
बेलायतका अर्थमन्त्री ऋषि सुनकले नयाँ प्रावधानले व्यवसायीहरुलाई आफ्नै खुट्टामा उभिनलाई समय दिने विश्वास व्यक्त गरेका छन् । उनले व्यवसायहरुमा कोरोनाले निरन्तर प्रभाव पारिरहेको र उनीहरुलाई सहयोग गर्न र उनीहरुलाई महामारीका बेलामा विश्वास दिलाउन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
सरकार ग्यारेन्टी बसेर १४ लाख साना व्यवसायीहरुलाई ४५ बिलियन पाउण्ड ऋण उपलब्ध गराएको छ । ‘बाउन्स ब्याक’ नाम दिइएको सो योजनामा साना व्यवसायले ५० हजार पाउण्डसम्मको ऋण लिन पाउँछन् ।
बैँकहरुले सोमबारदेखि नै ऋणीहरुलाई नयाँ प्रावधानका बारेमा जानकारी दिने योजना रहेको छ ।
संसद्को ‘लोगो’सहित सांसद मिङमा डेभिड शेर्पा सगरमाथाको चुचुरोमा
आगामी जुन २१ मा नेपाली राजदूतावास लन्डनमा ध्यान तथा योग शिविर हुने
विचार : सहजताको मूल्य र गोपनीयता
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
अभिनेत्रीको काँधमा चलचित्र, बदलिँदै पुरानो सोच
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा