जापान (टोकियो)। जापान प्रवेश गर्न चाहने विदेशी यात्रुहरूले कम्तीमा अर्को महिनासम्म कुर्नुपर्ने भएको छ । आपतकाल विस्तारको पछिल्लो निर्णयसहित नयाँ भिषा वाहकको प्रवेशमा जापानले मार्च ७ तारिखसम्म प्रतिबन्ध लम्ब्याउने निर्णय गरेको हो ।
मंगलबार प्रधानमन्त्री सुगा योशिहिदेले राजधानी टोकियो सहित १० प्रिफेक्चरमा आपतकाल विस्तारको घोषणा गरेका थिए । सरकारले परिवर्तित कोरोना भाइरस देखा परेका मुलुकबाट फर्केका नागरिकहरू र त्यहाँका बासिन्दाका लागि अलग्गै नियमहरू पनि परिमार्जन गरेको छ जुन हाल संक्रमण भईरहेका भन्दा छिटो संक्रमण फैलाउनसक्ने क्षमताको भएको विज्ञहरुले बताएका छन् । पछिल्ला परिवर्तित नियमानुसार शुक्रवारबाट लागू हुने गरी आयरल्याण्ड, इजरायल र ब्राजिलको केही भागबाट जापान फर्कने व्यक्तिले कडा नियमहरु अनुशरण गर्नुपर्नेछ ।
विद्यमान नीतिले ति मुलुकबाट जापान आगमनमा प्रतिबन्ध लगाएको छ । केवल जापानको आवाशिय भिषा प्राप्त तथा जापानी नागरिकहरुलाई मात्र देशमा प्रवेश गर्न अनुमति दिईएको छ । मार्च ७ तारिखपछि विकसित अवस्थालाई हेरेर नीतिमा परिवर्तन हुनसक्ने बताईएको छ । प्रतिबन्धको नियमानुसार सबै नयाँ भिषा आवेदकहरुको प्रवेश निशेध छ । जसमा विद्यार्थी, आश्रित डिपेन्डेन्ट भिषा लगायतका साथै व्यवसायी यात्रीहरुलाई पनि प्रवेशमा रोक लगाईएको छ ।
जापानले दक्षिण कोरिया, थाईल्याण्ड, भियतनाम सहित ११ देशहरूसँग गरेको व्यापारिक भिषा वाहक प्रवेशको सहज नीतिलाई समेत हाल स्थगित गराएको छ । प्रतिबन्धहरू ती व्यक्तिहरूमा पनि लागू हुनेछ जसले भिषा प्राप्त गर्न योग्यता पुर्याएर ईलिजिबिलिटि योग्यता पत्र लगायत कागजात प्राप्त वा पेश गरिसकेका थिए । सामान्यतया, त्यस्ता योग्यता पत्र प्राप्त गर्ने व्यक्तिहरुले जापान प्रवेशको अनुमति पाउने गर्दछन् ।
परराष्ट्र मन्त्रालयका अनुसार आपतकालीन अवस्थामा प्रवेश चाहने व्यक्तिको लागि यात्रा प्रतिबन्धमा अपवाद हुन सक्छ । हाल कुनै पनि देशबाट जापान प्रवेश गर्ने योजनामा रहेका व्यक्तिले उनिहरुमा कोरोना भाइरस संक्रमण नरहेको पुष्टि गर्ने स्वास्थ्य परीक्षणको कागजात पेश गर्नुपर्दछ । त्यस्तो परीक्षण जापान प्रवेशको ७२ घण्टा भित्रको हुनुपर्दछ । यस बाहेक जापान आईपुगेपछि बिमानस्थलमा उनिहरुको पुन कोरोना परीक्षणको पीसीआर चेकजाँच गरिन्छ । संक्रमण नभएको पाईएमा उनिहरुले अनिवार्य १४ दिन होम क्वारिन्टिनको नियम कडाईका साथ पालना गर्नुपर्छ ।
यद्यपि परिवर्तित नयाँ कोरोना भाइरस संक्रमण फेला परेका देश तथा क्षेत्रका यात्रुहरू सरकारले तोकेको सुविधामा तीन दिनसम्म अलग्गै बस्नु पर्छ र तेस्रो दिनमा फेरि परीक्षणको लागि आउनु पर्छ । शुक्रवार देखि आयरल्याण्ड, इजरायल र ब्राजिलको अमेजन राज्यबाट आएका व्यक्तिहरू यस नियममा बाँधिनेछन् । जुन नियम बेलायत र दक्षिण अफ्रिकाबाट आउने यात्रीहरूमाथि लगाइएको थियो । परीक्षण गर्दा संक्रमण नपाईएका यात्रीहरु १४ दिन होम क्वारिन्टिन वा तोकिएको नीजि आवाशिय सुविधा भएको ठाउँमा बस्नुपर्नेछ । उनीहरूले सार्वजनिक यातायात प्रयोग गर्न पाउनेछैनन् ।
जापान प्रवेश गर्ने सबै देशका यात्रुहरूका लागि एयरपोर्टबाट घर जानको लागि निजी कारहरू, विशिष्ट रेल तथा केही सिमित बस प्रयोगको विकल्पहरु रहेका छन् । जापान सरकारले घोषणा गरेका नियम तोड्ने यात्रुहरूले कानूनी कारवाही भोग्नुपर्नेछ । यस्तो कारवाही अन्तर्गत उनिहरुको नाम सार्वजनिक गरिने छ । देश तथा राष्ट्रियता खुलाउने देखी उनिहरुको जुनसुकै भिषा भएको भएपनि खारेज गरेर देश फिर्ता समेत पठाउने अधिकार अध्यागमन अधिकारीहरुलाई दिईएको छ ।
त्यसैले जापानले एयरपोर्ट अध्यागमनमा उल्लेखित नियमहरुलाई जापान प्रवेश गर्ने वित्तिकै पालना गर्ने लिखित सम्झौतामा हस्ताक्षर गराएर मात्र प्रवेश दिने गरेको छ । थप रूपमा, कोरोना भाइरस विशेष उपाय कानूनमा संशोधन पारित भएपछि फेब्रुअरी १३ देखि अधिकारीहरूले कानून उल्लंघन गर्ने व्यक्तिलाई जरिवाना समेत तिराउन सक्नेछन् । यसले अधिकारीहरूलाई तोकिएका सुविधाहरूमा क्वारिन्टिन वा सेल्फ आईसोलेसनमा बस्न अस्वीकार गर्नेहरूलाई दण्ड सजाय तिराउन अनुमति दिनेछ ।
नियम पालना नगर्ने वा अटेरी गर्नेहरुलाई १ बर्ष जेल कारावासको सजाय वा १० लाख येन जरिवाना तिराईनेछ । बेलायतमा पहिलो पटक पहिचान गरिएको परिवर्तित संक्रामक कोरोना भाइरसको नयाँ संस्करण फेला परेपछि जापान सरकारले डिसेम्बरको अन्तबाट आफ्नो यात्रा प्रतिबन्धहरूमा कडाई गर्दै लगेको छ ।
धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो [अपडेट]
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
धादिङबाट त्रिशूलीमा बस खस्दा कम्तीमा १७ जनाको मृत्यु, २४ घाइते
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
निर्वाचनले परिर्वतनको अपेक्षा पूरा गर्नेछ : पूर्वप्रमुख निर्वाचन आयुक्त डा यादव [अन्तर्वार्ता]
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ