कोपेनहेगन ।विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को युरोपेली शाखाले बिहीबार युरोपमा भाइरस नियनत्रणका लागि लगाइएका प्रतिबन्ध कम गर्न अझै निकै हतार हुने बताएको छ ।
डब्ल्युएचओका युरोपका क्षेत्रीय निर्देशक हान्स क्लुगले भन्नुभयो, “डब्ल्यूएचओ युरोपेली क्षेत्रका ५३ देशमध्ये जनाले ३० मुलुकमा विगत १४ दिनमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्यामा उल्लेखनीय ह्रास आएको तर अझैपनि यहाँको सङ्क्रमण दर धेरै रहेको छ ।”
उहाँले भन्नुभयो, “कोभिड–१९ सङ्क्रमण दर युरोपभरि अझै उच्च छ जसका कारण यूरोपेली मुलुकहरूको स्वास्थ्य प्रणालीलाई महामारीले प्रभावित पार्नसक्छ र सेवाहरूलाई तनावपूर्ण बनाउन सक्छ । त्यसैले सङ्क्रमणका नियन्त्रणका लागि लगाइएका प्रतिबन्धलाई सहज बनाईहाल्नु गलत हुनसक्छ ।”
यो क्षेत्रको मात्रै तीन प्रतिशत जनसङ्ख्यामा यस पहिले सङ्क्रमण पुष्टि भइसकेको छ । महामारीका कारण यस पहिले नराम्रोसँग प्रभावित भएका क्षेत्रहरूमा सङ्क्रमण पुनः फैलिनसक्ने जोखिम कायम रहने उहाँले बताउनुभयो ।
डब्ल्यूएचओका अनुसार युरोपियन क्षेत्रमा रूस र धेरै मध्य एशियाली देशहरू रहेका छन् । यस क्षेत्रका ३५ राज्यले खोप अभियान सुरु गरेका छन् ।
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?