सहमतिको एनआरएनए विशेष महाधिवेशन महासचिव शर्मा र सचिव जोशीको भूमिकाले विवादमा

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विशेष महाधिवेशनका दुई बुंदे प्रस्ताव पारित गर्दै सकिएको छ।आइतबार संघका प्रवक्ता डि बि क्षेत्रीले भर्चुअल रुपमा विशेष महाधिवेशनको निर्णय सार्वजनिक गरेका हुन् ।

जनवरी २३ र २४ मा सम्पन्न महाधिवेशनबाट संघको संशोधित विधान र आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको थियो । विशेष महाधिवेशनमा संघको वार्षिक प्रतिवेदन महासचिव डा. हेम राज शर्मा, आर्थिक प्रतिवेदन संघका कोषाध्यक्ष महेश कुमार श्रेष्ठ र विधान संशोधन प्रस्ताव विधान संशोधन सुझाव समितिका संयोजक भूषण घिमिरे र संघका उपाध्यक्ष मन केसीले संयुक्त रुपमा प्रस्तुत गरेका थिए ।

ती प्रस्तावहरु सर्वसम्मतिले पारित भएका हुन् ।

कोषाध्यक्ष महेश श्रेष्ठद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गर्दै संघमा आर्थिक व्यवस्थापन र पारदर्शिता कायम राख्न गर्नुपर्ने सुधार सम्बन्धमा सुझाव दिनको लागि गोबा कटुवालको संयोजकत्वमा रञ्जित महतो र डिला खरेल सदस्य रहेको एक समिति गठन गरिएको छ ।

त्यस्तै, विशेष महाधिवेशनमा प्रस्तुत गरिएको विधान संशोधनको प्रस्ताव सर्वसम्मतिले अनुमोदन गरेको थियो । महाधिवेशनको उद्घाटन परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवाली गरेका थिए ।

घोषणापत्रबारे विवाद

संघको इतिहासमै सम्भवतः पहिलो पटक प्रवक्ताले अधिवेशनको निर्णय २ पटक पढेर सुनाउनु पर्यो।

सर्वसम्मत रुपमा सहमति भएर पारित भएको प्रस्ताब विपरीत महासचिव डा. शर्माले केही बुंदा थप्दै घोषणापत्र संघको आइइएस मार्फत इमेल गरेपछि प्रवक्ता क्षेत्रीले वाचन गरेका थिए । सहमति विपरितको विषय घोषणा पत्रमा पढिए लगत्तै सहभागी मध्येका संघका सल्लाहकार कुल आचार्य, उपाध्यक्ष रवीना थापा, सहमतिको खाका बनाउन उपाध्यक्ष मन केसीलगायतले आपत्ति जनाएपछि उक्त घोषणापत्र फिर्ता भएको थियो ।

अर्का उपाध्यक्ष सोनाम लामाले नेपाली नागरिकताको निरन्तरताको पक्षमा आफुले गरेका कामहरु समेत घोषणपत्रमा नसमेटिएको भन्दै आपत्ति प्रकट गरे ।

संघको जुम बैठकमा महासचिव डा. शर्मा र सचिव गौरीराज जोशीले सहमति विपरीत चलखेल गरि बुंदा थपेपछि दुवैको नियत सार्वजनिक रुपमा छताछुल्ल भएको थियो ।

शर्मा र जोशीले एमआइएस सिस्टम, स्मार्ट एनआरएनएलगायतका बुंदाहरु थप्ने प्रयास गरेका थिए । स्मार्ट एनआरएनए परियोजनाको करोडौंको ठेक्का जोशीको संस्थालाई दिइएको छ । उक्त घोषणापत्रमा प्रमुख संरक्षक शेष घलेलगायतले उठाएका महिला, युथ र नयाँ पुस्ताका बारेमा समेत केही नसमिटिएको भन्दै सहभागीले आक्रोस पोखेका थिए ।

सो लगत्तै आइइएस बैठकमा घोषणापत्रमा सहमति खोज्ने प्रयास गरेपनि सहमति हुन नसकेपछि दुई बुंदे घोषणा पत्र प्रवक्ता क्षेत्रीले दोस्रो पटक सुनाएका थिए ।

अध्यक्ष पन्तको प्रशंसनीय भूमिका

संघ अध्यक्ष पन्तले घोषणापत्रलाई अन्तिम रुप दिन आइइएसमा बैठक चलिरहेको अवस्थामा असन्तुष्ट पक्षका रोशन थापा, जानकी गुरुड, शंकर खड्का, चिन्तामणि सापकोटा लगायतले व्यक्त गरेका सुझाव तथा धारणा सुने । उनले संघलाई राम्रो र उत्कृष्ट संस्था बनाउनु बाहेक आफ्नो कुनै स्वार्थ नरहेकाले सबैलाई समेटेर लाग्ने प्रतिवद्धता व्यक्त गरे । अध्यक्ष पन्तले आफुबाट गल्ती कमजोरी भए सच्याएर जान तयार रहेको भन्दै करीव चार घण्टा सवै सहभागी आइसीसी सदस्यहरु, सल्लाहकार तथा कार्यसमितिका साथीहरुको विचार धैर्यतापूर्वक सुनेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री