जो बाइडेनले बने अमेरिकी ४६ औ राष्ट्रपति

अमेरिकाको राष्ट्रपति पदमा बिजयी भएका डेमोक्र्याटिक दलका जो बाइडेनले उद्घाटन तथा सपथग्रहण कार्यक्रममा सपथ लिदै ४६ औ अमेरिकी राष्ट्रपति भएका छन् ।

बाइडेनले सपथ लिनु अगाडी निर्वाचित कमला ह्यारिसले सपथ लिएकी थिइन् ।

अमेरिकी प्राथमिक चुनावमा लगभग डेमोक्र्याटिक दलकै उनका आफ्नै साथीहरुसंग लगभग हारी सकेका बाइडेनलाई साउथ क्यारोलाइनाले साथ दिए पछि उनि ४६ औ राष्ट्रपति बन्ने सौभाग्य पाएका हुन् ।

उनलाई बर्नी स्यानडर्स,कमला ह्यारिस ,एलिजावेथ वारेन लगायत संग बहसमा पनि पछाडी परेका बाइडेनलाई साउथ क्यारोलाइनाले जिताए पछि उनले पछि फर्केर हेर्नु परेन र अन्तत्वगत्वा अमेरिकाको ४६ औ राष्ट्रपति बन्न कसैले रोक्न सकेन ।

गत जनवरी ६ का दिन बाइडेनलाई राष्ट्रपति हुन् नदिन ट्रम्पका समर्थकहरुले सदनमा दंगा गरेका थिए जसको कारण ५ जनाको मृत्यु भएको थियो ।

बाइडेनले रिपब्लिकनदलका राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पलाई हराएका थिए । अत्यन्तै प्रतिस्प्रद्धा रहेको चुनावमा भूतपूर्व राष्ट्रपति ट्रम्पले विवादै विवाद ,लफडा र अनेक तिकडम गरेका कारण ४६ औ राष्ट्रपति बन्न उनलाई निकै अप्ठारो अवस्थाको सामना गर्नु पर्यो ।

उनलाई भूतपूर्व राष्ट्रपति ट्रम्पले बधाई दिएनन र अहिले सम्म पनि बिजयी भएको भनि एक शब्द पनि बाहिर निकालेका छैनन । चुनाव धाधली र चोरी गरि बिजयी भएको भन्दै आरोप लगाई गलत सूचना दिई रहेका ट्रम्प अहिले बिहान जनवरी २० बुधबारका दिन फ्लोरिडा उडेका छन् ।

अमेरिकाको १५२ बर्षको ईतिहासमा आफ्ना उत्तराधिकारीलाई निमन्त्रणा नदिई र स्वागत नगरी ट्रम्प मेलानिया ट्रम्पको साथ फ्लोरिडा उडेका छन् ।उनि अब भूतपूर्व राष्ट्रपति भएका छन् ।

४ दशक देखि अमेरिकी राजनीतिमा संलग्न र लामो समय सम्म सिनेटर भएर काम गरेका बाइडेन अमेरिकी पूर्व राष्ट्रपति बराक ओबामाका उपराष्ट्रपति भै ८ बर्ष व्हाइट हाउसमा काम गरि सकेका छन् ।

यसै गरि क्यालिफोर्नियाकी सिनेटर कमला ह्यारिसलाई उप राष्ट्रपतिको उम्मेदवारमा नियुक्ति गरे पछि बाइडेनलाई थप सहयोग र समर्थन हुँदा उनको ऐतिहासिक बिजयी हासिल हुन् सम्भव भएको थियो ।

अमेरिकामा ज्यादा मत ल्याएर मात्र बिजयी नहुने हुँदा राष्ट्रपतिमा निर्वाचित हुन आवश्यक पर्ने २७० निर्वाचकीय मत(इलेकटोरल मत )चाहिने हुँदा बाइडेनले ३०६ निर्वाचकीय मत प्राप्त गरि ४६ औ अमेरिकी राष्ट्रपति हुन् सफल भएका हुन् ।

बाइडेनले ट्रम्पको थप ४ बर्ष राष्ट्रपति र दोश्रो कार्यकालको लागि व्हाइट हाउसमा शासन गर्ने सपनालाई तगारो लगाउन सफल भए ।

४० बर्ष देखि राजनैतिक पेशामा संलग्न जो बाइडेनलाई अमेरिकी जनताले पत्याई उनलाई बिजयी गराएका हुन् । निर्वाचन अघि गरिएका सबै मत सर्वेक्षणहरुमा बाइडेन नै अगाडी भएको र उनले जित्ने भनि गरिएको भबिष्यवाणी यसपटक सत्यमा परिणत भएको छ । अमेरिकी मतदाताहरुले संचारमाध्यमहरुले गरेका सर्वेक्षणहरु प्रति मतदाताहरुले बिश्वास गरेका छन् ।

व्हाइटहाउस छोड्ने समयमा सन् २०१६ देखि नै विवादै विवादमा मुसिएका ट्रम्पलाई अमेरिकी ईतिहास मै दुई पटक महाअभियोग लगाईएको छ । उनि पदमा नरहेता पनि सिनेटमा बहस सपथ ग्रहण पछि सुरु हुनेछ ।

बाइडेनको बिजयीसंगै अमेरिकी तल्लो सदन र माथिल्लो सदन सिनेटमा डेमोक्र्याटिकको बहुमत भएको छ । बाइडेनले कुल ८ करोड १२ लाख लोकप्रिय मत प्राप्त गरेका थिए अर्थात् उनले ५१.४ प्रतिसत पपुलर भोट(लोकप्रिय मत )प्राप्त गर्न सफल भएका थिए ।

जो बाइडेनको पुरा नाम जोसेफ रोबिनेट बाइडेन जुनियर जो । उनको जन्म २० नोभेम्बर १९४२ मा भएको हो भने उनि एक सफल अमेरिकी राजनीतिज्ञ हुन् । सन् २००९ देखि सन् २०१७ सम्म ओबामा प्रशासनमा संयुक्त राज्य अमेरिकाको ४७ औँ उपराष्ट्रपतिको रूपमा सेवा गरेका थिए।

उनले डेलावेयरका लागि सन् १९७४ देखि सन् २००९ सम्म सिनेटरको रूपमा काम गरेका थिए । कार्यक्रममा लेडी गागाले अमेरिकी राष्ट्रिय गान बेजोड प्रस्तुति गरेकी थिइन् भने गायिका जेनिफर लोपेजले एक गीत प्रस्तुति गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री