बुधबार, माघ ७ २०७७ | Wed, January 20, 2021
नेपालको समय: ०३:०० | UK Time: 21:15

उत्तर कोरियाका सर्वोच्च नेता किम सत्तारुढ दलको महासचिव

वीनेपाली
२०७७ पुष २७ गते १४:१३

उत्तर कोरियाली नेता किम जोंग उन

प्योङ्गयाङ्ग । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन सत्तारुढ दल वर्कर्स पार्टीको महासचिवमा निर्वाचित हुनुभएको छ ।

पार्टीको आठौँ अधिवेशनले उहाँलाई महासचिवमा निर्वाचित गरेको राज्यद्वारा सञ्चालित कोरियाली समाचार संस्थाले सोमबार जनाएको छ ।

पार्टीको महासचिवका रुपमा उहाँभन्दा अगाडि उहाँको बुबा र त्योभन्दा अगाडि हजुरबुवाले नेतृत्व प्रदान गर्दै आउनुभएको थियो ।

पार्टीको महाधिवेशन र बैठकले किमलाई महासचिव बनाउने विषयमा सर्वसम्मत निर्णय गरेको समाचारमा जनाइएको छ ।

उत्तर कोरियाको सर्वोच्च नेता उत्तर कोरियाली सेनाको सर्वोच्च कमाण्डरसमेत रहने व्यवस्था छ । त्यसबाहेक उहाँ राज्यका अरु पनि धेरै प्रमुख जिम्मेवारीमा रहनु भएको छ ।

उहाँले केही समयपछि पार्टीको अर्को शक्तिशाली जिम्मेवारी आफ्नै बहिनीलाई दिनु भएको थियो । उत्तर कोरियामा उहाँको परिवारको दबदबा रहेको छ ।

उत्तर कोरियाको वर्कर्स पार्टीको महासचिवमा निर्वाचित भएकोमा किमलाई चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा चिनियाँ राष्ट्रपति सी चिन फिङले बधाई ज्ञापान गर्नुभएको छ ।

उहाँले सोमबार किमलाई बधाई सन्देश पठाउँदै आगामी कार्यकाल थप प्रभावकारी बनाउन शुभकामना पनि दिनुभएको छ । उहाँले महासचिवका रुपमा किमसँगको सहकार्य पनि राम्रो हुने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक