वासिङ्टन । अमेरिकाको सभामुखमा फेरि पनि नान्सी पेलोसी नै निर्वाचित हुनुभएको छ ।
डेमोक्रयाटको तर्फबाट पुनः उम्मेदवारी दिएपछि डेमोक्रयाटकै बहुमत रहेकाले झिनो मतान्तरले उहाँ पुनः निर्वाचित हुनुभएको हो ।
अघिल्लो कार्यकालमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई संसदीय र लोकतान्त्रिक मर्यादा र प्रक्रिया उलङ्घन गर्न नदिन सकारात्मक भूमिका निभाउनुभएको थियो ।
त्यसैगरी कोरोनाभाइरसको महामारी व्यवस्थापनका लागि भएको हेलचक्रयाइँप्रति पनि उहाँले सरकारलाई सचेत गराइरहनुभएको थियो ।
उहाँले विगतमा राम्रो भूमिका खेलेकाले उहाँलाई नै फेरी जिम्मेवारी दिन हामी तयार भयौँ, एक सांसदले भन्नुभयो ।
सभामुख पेलोसी थप दुई बर्षका लागि पुनः निर्वाचित हुनुभएको हो । यो नै उहाँको अन्तिम कार्यकाल हुने संभावना रहेको छ ।
उहाँले कोरोनाका कारण जीवन गुमाएका तीन लाख ५० हजारभन्दा बढी नागरिक, रोजगारी गुमाएका व्यक्ति र समस्यामा परेका सवैका लागि आफ्नो तर्फबाट जिम्मेवारी बहन गर्ने अठोट व्यक्त गर्नुभयो ।
सभामुखमा उहाँका विरुद्धमा म्याककार्थीलाई उम्मेदवार बनाइएको थियो । उहाँले झिनो मतान्तरले पराजय भोग्नु परेको छ ।
औपचारिक रूपमा सार्वजनिक गरिएको नतिजा अनुसार पेलोसीले २१६ मत प्राप्त गर्दा म्याककार्थीले २०९ मत प्राप्त गर्नुभएको थियो ।
कोरोनाभाइरस नियन्त्रणसम्वन्धी निर्देशिकालाई पालना गर्दै निर्वाचन गरिएको थियो । उनीहरुलाई सामाजिक दुरी कायम गर्न, मास्क लगाउन र सेनिटाइजर वा सावुन पानी प्रयोग गर्न पनि लगाइएको अधिकारीहरूले जनाएका छन् ।
डेमोक्रयाटका तर्फबाटै राष्ट्रपति निर्वाचित हुनुभएका जो बाइडेनले पदबहाली गर्न १७ दिन बाँकी रहँदा पेलोसी अमेरिकी सभामुखका रूपमा पुनः निर्वाचित हुनुभएको हो । अमेरिकामा नवनिर्वाचित राष्ट्रपतिलाई जनवरी २० तारिखमा सपथ ग्रहण गराउदै पद बहाली गराउने प्रचलन रहेको छ ।
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी