एफडीएले आपतकालीन प्रयोगको लागि मोडर्नाको कोभिड -१९ बिरुद्धको खोपलाई अनुमति दिएको छ । अमेरिकी खाद्य र औषधि प्रशासनले संयुक्त राज्य अमेरिकाको लागि अनुमति दिएको हो ।
गत हप्ता मात्र फ़ाइजरद्वारा निर्मित कोरोना बिरुद्धको खोपलाई अनुमति दिएको थियो । एक हप्ता पछि पुनस् अर्को दोश्रो खोप बनाउने प्रतिष्ठानलाई अनुमति दिए संगै खुशी छाएको छ ।
फ़ाइजरको खोप अमेरिकाभरि ५० वटै राज्यहरुमा निरन्तर चरणबद्ध रुपमा निकासी भै रहेको छ । धमाधम सरकारले तोकेको बिशेषगरि अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी ,निजि अस्पताल र वरिष्ठ नागरिकहरुलाई खोप लगाउन सुरु गरि सकेको छ ।
एफडीएले गत बिहीबार यसको खोपहरू र सम्बन्धित जैविक उत्पादन सल्लाहकार समितिको सिफारिस पछि शुक्रबार राति सामाजिक संजाल ट्वीटरमा घोषणा गरेको छ ।
“आपतकालीन प्रयोग गर्नको लागि सयुक्त राज्य अमेरिकाको लागि १८ बर्ष वा माथि उमेरकालाई खोप वितरण गर्न अनुमति दिन्छ,” भन्दै एफडीएले ट्वीट गरेको हो ।
यो खोप प्रतिस्पर्धी फाइजरको जस्तै दुबै सुरक्षित र अत्यधिक प्रभावकारी मानिन्छ। करीव ३० हजार स्वयंसेवकहरूलाई सफलता पूर्वक परीक्षण गरेपछि ९४ प्रतिसत प्रभावकारी भएको मोडर्नाको कोभिड-१९ बिरुद्ध खोपका दुष्प्रभाव ज्वरो र सामान्य असरहरु रहेका छन ।
“कोभिड-१९ को रोकथामका लागि अहिले दुई खोपहरू उपलब्ध भए पछि एफडीएले यो विश्वव्यापी महामारीको बिरूद्ध लडाईमा अर्को महत्त्वपूर्ण कदम चाल्यो जुन संयुक्त राज्य अमेरिकामा हरेक दिन ठूलो संख्यामा अस्पताल भर्ना र मृत्यु हुने गरेको छ,” एफडीए आयुक्तले चिकित्सक स्टेफेन एम हनले भने ।
यो खोपका लागि अल्ट्रा-कोल्ड स्टोरेज ९अत्यधिक शीत भण्डारण०को आवश्यकता पर्दैन । यो अधिक मैत्रीपूर्ण छ भने उपयोगकर्ता अनुकूल छ । विशेष गरी ग्रामीण क्षेत्रहरूमा समेत उपयोगी हुने बताएका छन् ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी