नैरोबी । बुरुण्डीका पूर्व राष्ट्रपति पिएरे बुयोयाको निधन भएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएका बुयोयाको ७१ बर्षको उमेरमा निधन भएको हो ।
फ्रान्सको राजधानी पेरिसमा उपचार भइरहेका बेला उहाँको निधन भएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।
अफ्रिकी युनियनबाट माली र सहेलका लागि विषेश दूतको जिम्मेवारीमासमेत रहनु भएका बुयोयाले केही हप्ता अगाडि मात्रै त्यस पदबाट राजीनामा दिनुभएको थियो ।
सानो अफ्रिकी मुलुक बुरुण्डीमा लोकतन्त्र स्थापनाका लागि उहाँले ठूलो योगदान गर्नु भएको श्रेय दिने गरिन्छ ।
अस्वस्थ भएपछि उहाँलाई सुरुमा मालीको राजधानी बामाकोमा रहेको अस्पतालमा भर्ना गरिएको थियो। तर त्यहाँ सुधार नभएपछि हिजो मात्रै पेरिस लगिएको अधिकारीहरूले जनाएका छन् ।
“हिजो राति मात्रै उहाँलाई फ्रान्स ल्याइएको हो,” उहाँका एक पारिवारिक सदस्यले शुक्रबार एएफपीसँग भने ।
अर्को एक श्रोतले भन्यो, “उपचारका लागि पेरिसतर्फ लैजाँदै गरेका बेला एम्बुलेन्समै बिहीबार राति उहाँको निधन भएको हुनसक्छ ।”
उहाँले सन् २०१२ देखि गत नोभेम्बरसम्म माली र सहेलका लागि अफ्रिकन युनियनको विषेश प्रतिनिधिका रुपमा सेवा गर्दै आउनु भएको थियो ।
तर सन् १९९३ मा भएको आफ्ना उत्तराधिकारीको हत्या घटनामा संलग्न भएको आरोपसहित आजीवन काराबासको फैसला भएपछि उहाँले राजीनामा दिनु भएको हो ।
तर उहाँले भने त्यस फैसलालाई राजनीतिक पुर्वाग्रहका आधारमा आएको फैसलाको संज्ञा दिदै आउनु भएको थियो । आफूले नैतिकताका आधारमा विषेश प्रतिनिधिको जिम्मेवारीबाट राजीनामा दिएको पनि उहाँले उल्लेख गर्नुभएको थियो ।
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी