नैरोबी । बुरुण्डीका पूर्व राष्ट्रपति पिएरे बुयोयाको निधन भएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएका बुयोयाको ७१ बर्षको उमेरमा निधन भएको हो ।
फ्रान्सको राजधानी पेरिसमा उपचार भइरहेका बेला उहाँको निधन भएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।
अफ्रिकी युनियनबाट माली र सहेलका लागि विषेश दूतको जिम्मेवारीमासमेत रहनु भएका बुयोयाले केही हप्ता अगाडि मात्रै त्यस पदबाट राजीनामा दिनुभएको थियो ।
सानो अफ्रिकी मुलुक बुरुण्डीमा लोकतन्त्र स्थापनाका लागि उहाँले ठूलो योगदान गर्नु भएको श्रेय दिने गरिन्छ ।
अस्वस्थ भएपछि उहाँलाई सुरुमा मालीको राजधानी बामाकोमा रहेको अस्पतालमा भर्ना गरिएको थियो। तर त्यहाँ सुधार नभएपछि हिजो मात्रै पेरिस लगिएको अधिकारीहरूले जनाएका छन् ।
“हिजो राति मात्रै उहाँलाई फ्रान्स ल्याइएको हो,” उहाँका एक पारिवारिक सदस्यले शुक्रबार एएफपीसँग भने ।
अर्को एक श्रोतले भन्यो, “उपचारका लागि पेरिसतर्फ लैजाँदै गरेका बेला एम्बुलेन्समै बिहीबार राति उहाँको निधन भएको हुनसक्छ ।”
उहाँले सन् २०१२ देखि गत नोभेम्बरसम्म माली र सहेलका लागि अफ्रिकन युनियनको विषेश प्रतिनिधिका रुपमा सेवा गर्दै आउनु भएको थियो ।
तर सन् १९९३ मा भएको आफ्ना उत्तराधिकारीको हत्या घटनामा संलग्न भएको आरोपसहित आजीवन काराबासको फैसला भएपछि उहाँले राजीनामा दिनु भएको हो ।
तर उहाँले भने त्यस फैसलालाई राजनीतिक पुर्वाग्रहका आधारमा आएको फैसलाको संज्ञा दिदै आउनु भएको थियो । आफूले नैतिकताका आधारमा विषेश प्रतिनिधिको जिम्मेवारीबाट राजीनामा दिएको पनि उहाँले उल्लेख गर्नुभएको थियो ।
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक