ओटावा । क्यानाडाले पनि कोरोना भाइरस विरुद्धको फाइजर खोप यहाँका नागरिकमा लगाउने गरी स्वीकृति दिएको बताइएको छ । क्यानाडाको स्वास्थ्य सम्बन्धी एक संस्था हेल्थ क्यानाडाले सो खोपको अनुमति दिने विषयमा व्यापाक अनुसन्धान भएको र यहाँको सरकारले क्यानाडाका १६ वर्षभन्दा माथिको उमेरका नागरिकलाई लगाउनका लागि अनुमति दिइएको बताएको छ ।
अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले क्यानाडा सरकारले यस फाइजर खोपको प्रभावकारिता र यसको स्वास्थ्य सुरक्षाका सम्बन्धमा व्यापक मात्रामा खोजी र अनुसन्धान गरेको र त्यसपछि यो खोप लगाउन सुरक्षित देखिएको भन्दै उक्त खोप सिफारिश गरेको हो ।
अर्काे हप्तादेखि क्यानाडामा सो खोप लगाइने भएको छ । समाचारमा जनाइएअनुसार यहाँका स्वास्थ्य अधिकारीहरुले अर्काे हप्तासम्ममा क्यानाडामा यो खोप आइपुग्ने र नागरिकलाई लगाउन थालिने जनाएका छन् ।
क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउले अर्काे हप्तासम्ममा यो खोप क्यानाडामा आइपुग्ने जानकारी दिनुभयो । उहाँले सो खोपको प्रभावकारिताको अनुसन्धान भएको र क्यानाडाका १४ वटा वितरक कम्पनीहरुले उक्त खोप यहाँ ल्याएर वितरण गर्ने बताउनुभयो ।
उता पछिल्लो समयमा झन् कोरोनाबाट अति प्रभवित देशको सूचीमा रहेको बेलायतले मंगलबारदेखि नै कोरोना विरुद्धको खोप लगाउने भएको यसअघि नै बताएको थियो । करिब एक साता पहिले नै फाइजर बायोएनटेक खोपको बेलायती नियामक निकायले अनुमति दिएको थियो । बेलायती कम्पनीहरुले यो खोप वितरण गरिसकेका छन् र नागरिकले पनि लगाउन थालेका छन् ।
त्यस्तै फ्रान्समा भने लकडाउन नै रहेको छ । यहाँका नागरिकको माग भए पनि लकडाउन खोल्न सरकार तयार भएको छैन । त्यसैले यहाँको सरकारले भने यस खोपका बारेमा कुनै निर्णय गरेको छैन । इंग्लयाण्ड, वेल्स तथा स्कटल्याण्डमा कोरोना विरुद्धको खोप शुरु भएको जानकारी बेलायती सञ्चारमाध्यमहरुले जनाएका छन् ।
सबै अस्पतालमा राम्रो र उच्च क्षमतामा फ्रिज नहुदा समस्या हुनसक्ने बताइएको छ । यहाँका मिडियाले करिब आठ लाख डोज खोप बेल्जियमबाट बेलायत पुगेको बताइएका छन् । बेलायतमा चाँडै नै यो खोप प्रयोग गर्ने विषयमा विभिन्न प्रश्न उठेको भए पनि बेलायत सरकारले खोप प्रयोग गर्ने नागरिकको सुक्ष्म निरीक्षण गरेर खोप शुरु गर्ने जानकारी गतहप्ता नै दिएको हो ।
विश्व स्वास्थ्य संगठनले भने जसलाई खोप आवश्यक पर्छ, उसलाई मात्रै प्रयोग गर्न भनेको छ । अहिल्यै सबैलाई खोप दिनु जरुरी नभएको उसको भनाइ छ । यो खोपका लागि विश्वका विभिन्न देशले खरिद अनुमति दिएका छन् । यो खोप क्यानाडाले ३६ करोड, बेलायतले ३६ करोड इन्डोनेसियाले ३५ करोड, जापानले २९ करोड र ब्राजिलले १९ करोड डोजको भ्याक्सिनका लागि पहिले नै खरिदको अनुमति दिएका छन् ।
संसारभरमा हालसम्म ६ करोडभन्दा बढी कोरोना संक्रमित भइसकेका छन् भने त्यसमध्ये १५ लाख भन्दा बढीको ज्यान गइसकेको छ । यो भाइरसबाट अमेरिकमा मात्रै संक्रमितको संख्या डेढ करोडभन्दा पनि बढी देखिएको छ । यहाँ २ लाख ९० हजारकोे ज्यान गएको छ ।
सर्वोच्च अदालतले दियो गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिता
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति
तनहुँको ऋषिङमा सुरु भयो राष्ट्रिय मौलिक कौराहा सम्मेलन
कोरियाबाट फर्किएका नेपाली कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग
इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो