वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ कार्यकालको लागि भएको निर्वाचन दौडमा पराजित भएपछि सन् २०२४ मा हुने निर्वाचनमा पुनः प्रतिस्पर्धामा उत्रिनसक्ने सङ्केत गर्नुभएको छ ।
राष्ट्रपति ट्रम्पले मंगलबार व्हाइट हाउसको क्रिसमस पार्टीमा पाहुनाहरूसँग भन्नुभयो, “यो अचम्मको चार वर्ष भयो, हामीले अर्को चार वर्ष नेतृत्व गर्ने कोशिस गर्दैछौं । यदि यो सम्भावना नभएमा म तपाईँलाई अर्को चार वर्षपछि भेट्नेछु ।”
कैयौँ रिपब्लिकन पार्टीका महत्वपूर्ण ओहदामा बसेका वर्तमान तथा विगतका अधिकारीहरूसमेत सहभागी उक्त कार्यक्रममा सञ्चारकर्मीलाई प्रवेश नदिइएको भएपनि कार्यक्रमको भिडियो तत्कालै सार्वजनिक भएको थियो ।
नोभेम्बर ४ को चुनावको झन्डै एक महिना पछि ७४ वर्षीय ट्रम्प अझै पनि आफू निर्वाचनमा हारेको कुरा स्वीकार्न अस्वीकार गर्नुहुन्छ । उहाँले अगामी दिनको प्रशासन निर्माणमा व्यस्त राष्ट्रपति निर्वाचित डेमोक्र्याटिक प्रतिद्वन्द्वीलाई जो बाइडेनलाई स्वीकार गरिसक्नुभएको छैन ।
ह्वाइट हाउसमा बदली भएका ट्रम्पले आफ्नो सार्वजनिक उपस्थितिलाई न्यून बनाउन थाल्नुभएको छ तर उहाँकै शब्दमा निर्वाचनमा ‘धाँधली र ठगी’को बारेमा आवेगात्मक ट्वीट भने लेखिरहनुभएको छ । यद्यपि उहाँका आफ्नै वकिलले भने निर्वाचनमा भएका धाँधलीका बारेमा ट्रम्पको विचारभन्दा भिन्न धारणा राख्नुभएको छ ।
उहाँले भन्नुभयो, “आजसम्म हामीले त्यस्तो नक्कली मापदण्ड देखेका छैनौं जसले चुनावमा फरक नतिजा ल्याउन सक्छ,” राष्ट्रपतिका कानुनी सल्लाहाकार बिल बारले मंगलबार एसोसिएटेड प्रेस (एपी)सँग भन्नुभयो । बारको कथनलाई सबैभन्दा शक्तिशाली मान्न सकिन्छ किनकि उहाँ ट्रम्पको निकट सहयोगी हो ।
जिज्ञासाजनक राजनीतिक वातावरणलाई ध्यानमा राख्दै राष्ट्रपति निर्वाचित वाइडेन भने आफ्नो मन्त्रिपरिषद्का उम्मेदवार र नियुक्तिमा व्यस्त हुनुहुन्छ ।
राष्ट्रपति ट्रम्पले षडयन्त्रका सिद्धान्तहरूबारे चर्चा गर्दै आफूले सहजै सत्ता हस्तान्तरण नगर्ने चर्चा गरेपछि अमेरिकी नागरिकमा एक प्रकारको अन्यौलको स्थिति देखिएको बताउने गरिएको छ । सुरुका दिनमा जस्तो ट्रम्पले सत्ता सहजै हस्तान्तरण नगर्ने कुरालाई पटक पटक नदोहोराए पनि निर्वाचन परिणामप्रति आफू सन्तुष्ट नरहेको धारणा भने यदाकदा सुन्न पाइन्छ ।
एनबीसी न्यूजका अनुसार ट्रम्पले आफ्नो २०२४ को निर्वाचन अभियानलाई वाइडेनले सत्ता सम्हालेकै दिन जनवरी २० देखि नै सुरू गर्ने सम्भावनाबारे निकटस्तहरूसँग छलफल गर्नुभएको छ । ट्रम्प र उहाँको दलले बाइडेनको उद्घाटन समारोहमा भाग लिन नचाहेको कतिपय सञ्चारमाध्यमले लेख्दै पनि आएका छन् ।
मेनहटनका जग्गा व्यवसायीबाट राष्ट्रपतिसम्म पुग्न सफल भाग्यमा बढी विश्वास गर्ने ट्रम्पले आफूले पहिलो कार्यकालको पद तथा गोपनियताको सपथ खाएसँगै दोस्रो कार्यकाल सन् २०२० को निर्वाचनका लागि कार्यपत्रसमेत प्रस्तुत गर्नुभएको थियो ।
महिला फुटबल नेपालसँग भारत पराजित
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन