सिड्नी ।कोरोना भाइरसको प्रकोप शुरु भएपछि मार्च महिनापछि अष्ट्रेलियामा विदेशी नागरिकलाई प्रवेश गर्न निषेध गरिएकोमा सोमबार यहाँ एकजना विदेशी विद्यार्थी आएका छन् ।
कोरोना भाइरसका कारण विदेशी नागरिकलाई प्रवेश निषेध गरिएपछि अष्ट्रेलियामा अध्ययनका लागि विदेशी विद्यार्थी जाने गरेकोमा सो क्रम पनि रोकिएको थियो ।
अष्ट्रेलियाको राजधानी सिड्नीबाट प्राप्त भएको समाचारमा सोमबार यहाँ मार्च महिनापछि पहिलो पटक एकजना विदेशी विद्यार्थी पुगेका बताइएको छ ।
अष्ट्रेलियामा यसरी विदेशी विद्यार्थीहरु अध्ययनका लागि पनि जान नपाएपछि यहाँको अरबौँ डलर बराबरको ठूलो धनराशी आय पनि रोकिएको बताइएको छ ।
अष्ट्रेलियाको उत्तरी शहर डार्विनमा त्यहाँको विश्वविद्यालयले आफ्ना विदेशी विद्यार्थीलाई जहाज चार्टर गरेर लगेको थियो । यस कार्यक्रमलाई सो विश्वविद्यालयले परीक्षणको रुपमा अथवा आफ्ना विदेशी विद्यार्थीलाई ल्याउने शुरुको आयोजनाको रुपमा कार्यक्रमको शुरुआत गरेको बताइएको छ ।
सो विश्वविद्यालयले गरेको चार्टर जहाजमा आफ्ना ६३ जना विद्यार्थी ल्याएको बताइएको छ । चीन, जापान, भियतनाम, इन्डोनेसिया र हङकङबाट ती विद्यार्थी लगिएको थियो ।
ती देशका विद्यार्थीहरु सो चार्टर विमान चढ्नका लागि सिंगापुर पुगेका थिए । सिंगापुरबाट सो विश्वविद्यालयले जहाज चार्टर गरेको थियो । ती विद्यार्थीलाई अब अष्ट्रेलियामा १४ दिनसम्म क्वारेन्टाइनमा राखिने बताइएको छ ।
अष्ट्रेलियाले विदेशी उडानहरुलाई अहिले पनि अनुमति दिएको छैन । त्यसैले सो विश्वविद्यालयले विमान चार्टर गरेर आफ्ना विद्यार्थी लगेको बताएको छ ।
यहाँका विश्वविद्यालयहरुले देशमा उडान प्रतिबन्ध लगाइएकोले विदेशी विद्यार्थी आउन नपाएको भन्दै यसले समस्या बनाएको बताएका छन् । अष्ट्रेलियामा कोरोनाको प्रकोपका डरले गर्दा उडानहरु पनि रोकिएको छ ।
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त