भारतमा शुक्रवार थप ४१ हजार ८१० जनामा कोभिड १९ संक्रमण भएपछि कूल संक्रमितको संख्या ९३ लाख ९२ हजार ९२० नाघेको केन्दीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जानकारी दिएको छ । भारत कोरोना भाइरसबाट अमेरिकापछि सबैभन्दा बढी प्रभावित भएको राष्ट्र हो ।
भारतमा पछिल्लो २४ घण्टामा थप ४९६ जना कोरोना संक्रमणको कारण मृत्यु भएपछि भारतभर कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ३६ हजार ६९६ पुगेको छ ।
यहाँ कोरोना भाइरस शुरु भएयता भएका सम्पूर्ण संक्रमितहरु मध्ये ८८ लाख २ हजार २६७ व्यक्ति कोरोना मुक्त भएका पनि मन्त्रालयले जानकारी दिएको छ । यस राष्ट्रमा महाराष्ट्र,दिल्ली र केरला क्रमशः कोरोना भाइरस बढी प्रभावित राज्यको रुपमा रहेको छ । भारतमा ५० हजार भन्दा कम व्यक्ति सक्रमित भएका आइतबार २२ औं दिन हो ।
भारतमा १३ करोड ९५ लाख ३ हजार ८०३ जना व्यक्तिको कोरोना भाइरसको परिक्षण भएको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आइसिएमआर) ले आइतबार जानकारी दिएको छ । नोभेम्बर २८ का दिनमा मात्र १२ लाख ८३ हजार ४४९ जनाको परिक्षण गरिएको पनि आइसिएमआरले जनाइएको छ ।
अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थायी रोक
तमु लम परिवार यूकेको विशेष बैठक, यस्ता छन् निर्णयहरु
जासुसी आरोपमा बेलायती कूटनीतिज्ञ निष्कासित
नेपाली कांग्रेसका सभापतिमा गगनकुमार थापा निर्विरोध निर्वाचित
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
झापाली समाज यूकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा टंक भट्टराई
बर्लिनाले ट्यालेन्टमा नेपालका चार प्रतिभा छनोट
रास्वपासँगको एकता १२ दिनमै तोडिएपछि उज्यालो नेपाल पार्टीको अध्यक्षमा घिसिङ