वासिङ्टन । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा बहुमत कायम गरेको डेमोक्रेट पार्टीले वर्तमान सभामुख नान्सी पेलोसीलाई नै अर्को दुई वर्षका लागि सभामुखमा चयन गरेको छ ।
अब आगामी जनवरीमा सदनमा सभामुखका लागि मतदान हुनेछ । हाउसमा डेमोक्रेटको बहुमत रहेकाले पेलोसी विजयी हुने निश्चित छ ।
सभामुख पेलोसीले राष्ट्रपति–निर्वाचित जो बाइडेनसँग मिलेर कार्य गर्न आफू तत्पर रहेको बताउनुभयो ।
सन् २०१९ मा पेलोसीले आफू अरु चार वर्षका लागि मात्र सभामुख हुन चाहेको बताउनु भएको थियो । हाउस डेमोक्रेटका सदस्यहरुले यसै साता सदनभित्रका विभिन्न पदहरुको नेतृत्वका बारेमा पनि निर्णय गर्दैछन् ।
हाउसका एक तिहाई सदस्यका लागि भएको चुनावमा डेमोक्रेट पार्टीले १० स्थान गुमाएको थियो । यही कारण हाउसमा डेमोक्रेटको झिनो बहुमत कायम भएको छ ।
सभामुख पेलोसीले अमेरिकाका अघिल्तिर रहेका जल्दाबल्दा समस्याहरु जस्तै स्वास्थ्य सेवाको विस्तार, पर्यावरण संरक्षणको सबलीकरण, नीतिगत तहमा पुनर्संरचना र अर्थतन्त्रमा रहेका व्यापक जातीय विभेदलाई सम्बोधनजस्ता विषयमा राष्ट्रपति–निर्वाचित बाइडेनसँग मिलेर कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
डेमोक्रेटको हाउस कमिटीले बुधबार नै हाउस बहुमत नेतामा स्टेनी होयर र बहुमत ह्वीपमा जेम्स क्लाइबर्नलाई पुनः निर्वाचित गरेको छ ।
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल