
काठमाडौँ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आजको सचिवालय बैठक अब १० दिनपछि पुनः बस्ने गरी सकिएको छ । आगामी बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नातर्फबाट राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने तय गरिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आजको बैठक यही मङ्सिर १३ गते बस्ने गरी सकिएको जानकारी दिनुभयो ।
यसैगरी नेकपा स्थायी कमिटीको बैठक यही मङ्सिर १८ र केन्द्रीय कमिटीको बैठक मङ्सिर २५ गते बोलाउने आजको बैठकले निर्णय गरेको छ । यसअघि गत कात्तिक २८ गतेको सचिवालयको बैठकले आजका लागि बैठक तोकेकामा अध्यक्षद्वयका व्यक्तिगत पत्राचार र आरोपप्रत्यारोप पार्टी बैठकमा दस्तावेजका रुपमा वितरण गरिएपछि विवाद बढेको थियो ।
यसबीचमा अध्यक्ष एवं प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्ना आफ्नातर्फबाट विभिन्न नेतासँग परामर्श गरे पनि सहमतिको निकास ननिस्किएर बैठक बस्ने नबस्ने अन्योल भएका बेला बैठक भएको हो ।
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
बेल्जियममा भव्यताका साथ तमु ल्होसार कार्यक्रम सम्पन्न
ल्होछारको अवसरमा तमु समाज युके नेपाली कम्युनिटी सेन्टरमा ग्रहशान्ति तथा शुद्धीकरण पूजा सम्पन्न
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण