लण्डन । नेपालमा कोरोना संक्रमणका कारण दुई चिकित्सकको निधन भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (शिक्षण अस्पताल) मा कार्यरत मुटुरोग विशेषज्ञ प्रा.डा. सुनिल झा र इशान अस्पतालका सन्चालक तथा नेपाल बर्न सोसाइटीका अध्यक्ष डा. नारायणबहादुर थापाको कोरोना संक्रमणका कारण निधन भएको हो ।
डा. झाले अक्टोवर १६ मा आफू र आफ्ना परिवारका सबै सदस्यहरु कोरोना संक्रमणमा पोजिटिभ देखिएको भन्दै आफूहरुको सम्पर्कमा आएका सबैलाई सतर्कता अपनाउन फेसबुकमा स्टाटस लेखेका थिए । लामो समय भेन्टिलेटरमा रहेर कोरोना भाइरससित संघर्ष गर्दागर्दै उनको आज निधन भएको हो ।
डा. थापाको पहलमा अन्य चिकित्सकहरु मिलेर २०५१ मा सालमा बसुन्धरामा निजी क्षेत्रबाट इशान बाल अस्पतालको स्थापना गरिएको थियो । थापा सो अस्पतालको अध्यक्षसमेत रहेका थिए ।
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी