टोकियो । जापानमा पनि कोरोनाभाइरस संक्रमितको संख्या बढ्न थालेको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यहाँका स्थानीय अधिकारी र सो मन्त्रालयले राजधानी टोकियोमा पछिल्लो समयमा यस भााइरसका संक्रमितहरु बढ्न थालेको जनाएका हुन् ।
जापानमा मंगलबार मात्र १ हजारभन्दा धेरै कोरोनाभाइरस संक्रमित थपिएका छन् । जापानको राष्ट्रिय टेलिभिजन एनएचकेका अनुसार यहाँ मंगलबार मात्र १ हजार २७९ जना संक्रमित थपिएका हुन् ।जापानमा मंगलबार १ हजार २७९ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएसँगै अहिलेसम्म यहाँ कोभिड–१९ बाट संक्रमित हुनेको संख्या १ लाखभन्दा बढी पुगेको बताइएको छ ।
यहाँ कोरोना भाइरसका संक्रमितहरुको संख्या १ लाख १० हजार ६१६ पुगेको जापानको स्थानीय अधिकारी तथा स्वास्थ्य मन्त्रालयद्वारा उपलब्ध तथ्यांकहरुमा उल्लेख गरिएको छ ।जापानमा पुगेको सो तथ्यांक सन् २०२० को सुरुमा डायमण्ड प्रिन्सेस नामक पानीजहाजमा योकोहोमा रहेका ७१२ संक्रमितरु पनि समावेश गरिएको छैन ।
जापानमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ८६४ जना पुगेको छ । सो पानीजहाजका १३ सहित मृत्यु हुनेको संख्या त्यति पुगेको हो ।जापानमा मंगलबार मात्र पनि १५ जनाको यस संक्रमणबाबट ज्यान गएको बताइएको छ ।
जापानले विदेशीहरूका लागि अक्टोबर १ देखि प्रवेशमा सहज बनाएको छ । यद्यपि पर्यटक आवागमनलाई भने अझै अस्वीकार गरिएको छ ।
तर पनि पछिल्लो समयमा जापानमा कोभिड १९ का संक्रमितहरुको संख्या भने बढ्दो रहेको देखिएको छ । अधिकारीहरुले राजधानी टोकियो र बाहिर पनि यसको संक्रमण बढ्दै गएको बताएका छन् ।
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल