याङ्गुन । म्यानमारका सत्तारुढ दल नेश्नल लिग फर डेमेक्रेसी (एनएलडी) ले बहुमत प्राप्त गरेको छ ।
प्रजातन्त्रवादी नेतृ आङ साङ सूची नेतृत्वको पार्टीले आइतबार भएको निर्वाचनबाट प्रतिनिधि सभामा बहुमत प्राप्त गरेको हो । उहाँको पार्टीले बहुमत प्राप्त गरेको केन्द्रीय निर्वाचन आयोगले मंगलबार घोषणा गरेको छ ।
निर्वाचनमा कुल पाँच हजार ६३९ जना उम्मेदबार मध्ये सूचीको सत्तारुढ दलको तर्फबाट एक हजार १०६ जना उम्मेदबार रहेका छन् । म्यानमारका एक हजार ११७ संसद सदस्यका लागि निर्वाचन भएको हो ।
मंगलबार विहान सम्ममा कुल ४७ जना निर्वाचित भएकोमा सूचीको पार्टीले मात्रै ४४ सिटमा जित हासिल गरेको छ । विपक्षी युएसडीपी तीन सिटमा मात्रै विजयी भएको थियो ।
म्यानमारमा सन् २०१२ मा उपनिर्वाचन भएको थियो भने सन् २०१५ मा आम निर्वाचन भएको थियो । त्यो कार्यकाल सकिएपछि अहिले फेरि निर्धारित समयमै निर्वाचन भएको हो । सन् २०१५ मा भएको निर्वाचनमा पनि सूचीको पार्टीले पूर्ण बहुमत प्राप्त गरी सन् २०१६ देखि सरकार संचालन गर्दै आएको थियो ।
अहिलेको निर्वाचनमा विपक्षीहरुको कमजोर उपस्थितिका कारण नोबेल शान्ति पुरस्कार विजेता सुचीकै पार्टीले जित्ने पुर्वानुमान गरिएको थियो ।
सुचीले म्यान्मारको शक्तिशाली सैनिकहरुको हातबाट शासनसत्ता लिएर नागरिक तहमा सरकार गठन गरेकाले उहाँ म्यानमारमा लोकप्रिय रहनुभएको छ । उहाँले स्टेट काउन्सिलरका रुपमा सरकार संचालन गर्नुभएको छ ।
उहाँको सरकारले पनि जनअपेक्षा अनुरुप काम गर्न नसकेको, म्यान्मारमा व्याप्त गरिबी न्यूनीकरण गर्न तथा देशभित्र जारी जातीय समूहबीचको सशस्त्र द्वन्द्व न्यून गर्न नसकेको आरोप भने लाग्दै आएको छ ।
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल