ब्रसेल्स । कोभिड–१९ महामारीको दोस्रो लहरबीच पूर्ण बन्दाबन्दीबाट बच्न युरोपियन युनियन (ईयू) ले परीक्षण र खोजीका लागि नयाँ रणनीति अघि सार्ने ईयूले जनाएको छ ।
ईयूको अनौपचारिक शिखर सम्मेलनले शुक्रबार उक्त कुरा जनाएको हो ।
कोभिड–१९ को संक्रमण दर ईयूमा द्रुत वृद्धि भएको र दोस्रो लहरबाट इर्यू गहिरोसँग प्रभावित भएको बताइएको छ ।
युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले भन्नुभयो, “नयाँ सङ्क्रमितको सङ्ख्या बढ्दैछ । अस्पताल भर्नाको सङ्ख्या बढ्दो छ । मृत्युको सङ्ख्या बढ्दो छ । यदि हामीले तुरुन्तै कदम चालेनौं भने हाम्रो स्वास्थ्य सेवा प्रणालीहरू विचलित हुनेछ ।”
ईयूका २७ सदस्य देशका नेताहरूले बिहीबार ढिलो गरी सहमति व्यक्त गर्दै भने, “परीक्षण र ट्रेसिङ्ग भाइरसको फैलावटलाई सिमित गर्न महत्वपूर्ण छ । यसले अवस्थालाई अझ राम्रोसँग नियन्त्रण गर्न मद्दत पु¥याउँछ तर आपसी मान्यता, तैनादी र द्रुत परीक्षणको प्रयोगको साझा दृष्टिकोण अझै बाँकी छ ।”
यूरोपियन आयोगले द्रुत ‘एन्टिजेन’ परीक्षणलाई व्यापक रूपमा प्रयोग हुने ‘पोलिमरेज चेन’ प्रतिक्रिया परीक्षणको पूरकको रूपमा मान्य गर्न प्रस्ताव गरेको छ ।
ईयू सदस्य राष्ट्रमध्ये एक स्लोभाकियाले १० वर्षदेखि ६५ वर्ष उमेर समूहका सबैको निःशुल्क एन्टिजेन परीक्षणको लागि एक करोड ३० लाख द्रुत एन्टिजेन टेस्टको लागि व्यवस्था गरेको छ ।
युरोपेली काउन्सिलका अध्यक्ष चाल्र्स मिशेलका अनुसार स्लोभाकियाका प्रधानमन्त्री इगोर माटोभिकले विशाल परीक्षणको नतिजा र तथ्याङ्क अन्य सदस्य राष्ट्रहरूसँग बाँड्न सहमत हुनुभएको छ ।
“वास्तवमा धेरै देशहरूमा द्रुत परीक्षणको लागि चासो बढेको छ,” मिशेलले भन्नुभयो ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने