ब्रसेल्स । कोभिड–१९ महामारीको दोस्रो लहरबीच पूर्ण बन्दाबन्दीबाट बच्न युरोपियन युनियन (ईयू) ले परीक्षण र खोजीका लागि नयाँ रणनीति अघि सार्ने ईयूले जनाएको छ ।
ईयूको अनौपचारिक शिखर सम्मेलनले शुक्रबार उक्त कुरा जनाएको हो ।
कोभिड–१९ को संक्रमण दर ईयूमा द्रुत वृद्धि भएको र दोस्रो लहरबाट इर्यू गहिरोसँग प्रभावित भएको बताइएको छ ।
युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले भन्नुभयो, “नयाँ सङ्क्रमितको सङ्ख्या बढ्दैछ । अस्पताल भर्नाको सङ्ख्या बढ्दो छ । मृत्युको सङ्ख्या बढ्दो छ । यदि हामीले तुरुन्तै कदम चालेनौं भने हाम्रो स्वास्थ्य सेवा प्रणालीहरू विचलित हुनेछ ।”
ईयूका २७ सदस्य देशका नेताहरूले बिहीबार ढिलो गरी सहमति व्यक्त गर्दै भने, “परीक्षण र ट्रेसिङ्ग भाइरसको फैलावटलाई सिमित गर्न महत्वपूर्ण छ । यसले अवस्थालाई अझ राम्रोसँग नियन्त्रण गर्न मद्दत पु¥याउँछ तर आपसी मान्यता, तैनादी र द्रुत परीक्षणको प्रयोगको साझा दृष्टिकोण अझै बाँकी छ ।”
यूरोपियन आयोगले द्रुत ‘एन्टिजेन’ परीक्षणलाई व्यापक रूपमा प्रयोग हुने ‘पोलिमरेज चेन’ प्रतिक्रिया परीक्षणको पूरकको रूपमा मान्य गर्न प्रस्ताव गरेको छ ।
ईयू सदस्य राष्ट्रमध्ये एक स्लोभाकियाले १० वर्षदेखि ६५ वर्ष उमेर समूहका सबैको निःशुल्क एन्टिजेन परीक्षणको लागि एक करोड ३० लाख द्रुत एन्टिजेन टेस्टको लागि व्यवस्था गरेको छ ।
युरोपेली काउन्सिलका अध्यक्ष चाल्र्स मिशेलका अनुसार स्लोभाकियाका प्रधानमन्त्री इगोर माटोभिकले विशाल परीक्षणको नतिजा र तथ्याङ्क अन्य सदस्य राष्ट्रहरूसँग बाँड्न सहमत हुनुभएको छ ।
“वास्तवमा धेरै देशहरूमा द्रुत परीक्षणको लागि चासो बढेको छ,” मिशेलले भन्नुभयो ।
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल