सउल । परदेशमा दशैँ नमनाइएकाले विजयादशमीका दिन घाम नउदाउँदै काममा निस्किएका उदयपुरका ज्ञानेन्द्र राई त्यसपछि कहिल्यै नफर्कने गरी बिदा भए ।
उनी इपिएस प्रक्रियामार्फत कोरिया आई करिब साढे तीन वर्षदेखि एक कटिङ कम्पनीमा कार्यरत थिए । उनको टीकाकै दिन कम्पनीमा काम गर्ने क्रममा दुर्घटनामा परी मृत्यु भएको हो ।
उनका सहकर्मी तिलक पुनका अनुसार सोमबार बिहान १० बजेतिर कम्पनीमा काम गर्ने क्रममा कोरियाली कामदारले चलाएको छिगेछा (सामान बोक्ने गाडी)ले च्यापेर उनको मृत्यु भएको हो । मृतक राई ख्यङ्सान नाम्दो, हाप्छनगुन भन्ने ठाउँमा काम गर्थे । छिगेछाले च्यापेपछि उनलाई उपचारका लागि नजिकैको अस्पताल पुर्याइएको भए पनि अस्पतालले मृत घोषणा गरेको थियो ।
उनको शवलाई हाल नजिकैको अस्पतालमा राखिएको छ । घटनाबारे सउलस्थित नेपाली दूतावासले अनौपचारिक जानकारी मात्र प्राप्त भएको र आवश्यक प्रक्रिया पूरा गर्ने जानकारी दिएको छ ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ