लण्डन । बेलायतमा कोरोनााभइरसका कारण मे पछि मंगलबार एकै दिनमा सबैभन्दा धेरैको मृत्यु भएको छ ।
सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार एकै दिनमा ३६७ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको संख्या ४५ हजार ३६५ पुगेको छ ।
बेलायतमा थप २२ हजार ८८५ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार बेलायतमा अहिलेसम्म कुल नौ लाख १७ हजार ५७५ जना सङ्क्रमित भएका छन् ।
बेलायतका पब्लीक हेल्थ मेडिकल डाइरेक्टर डा. यभोन्ने डोयलेले सङ्क्रमण र यसबाट हुने क्षति बढ्दै गइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “निरन्तर उस्तै छ ।”
उहाँले अहिलेसम्मको प्रबृत्ति हेर्दा मृत्यु हुनेको संख्या बढ्दै गएको र अझै बढ्न सक्ने अनुमान समेत गर्नुभएको छ ।
“हामीले हरेक दिन धेरै मानिसको परीक्षण गरिरहेका छौँ, अस्पताल प्रशासनले उनीहरुको संख्या बढिरहेको बताउने गरेका छन्, यस बारेमा अझ गम्भीर हुन जरुरी छ, अझ धेरै सूचित हुन आवश्यक छ,” उहाँले भन्नुभयो ।
बेलायती राष्ट्रिय तथ्याङ्क कार्यालयले यसअघि सार्वजनिक गरेको विवरणमा मृतक र सङ्क्रमितहरुको हप्ताभरीको संख्यामा पनि बृद्धि भएको देखिएको छ ।
बीचमा केही समय घटेको देखिएपनि अहिले फेरि बढ्दै जानु थप चिन्ताको विषय भएको अधिकारीहरुले बताएका छन् ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी