नयाँदिल्ली । संयुक्तराज्य अमेरिकाका विदेश मन्त्री माइप पोम्पेओ र रक्षा मन्त्री मार्क एस्पर भारत भ्रमणमा मंगलबार जानु हुने भएको छ ।
भारत–अमेरिका मन्त्रीस्तरीय बैठकका लागि उहाँहरु भारत आउन लाग्नु भएको हो । बैठकमा खासगरी विस्तृत विश्वव्यापी रणनीतिक साझेदारी तथा भारत–प्रशान्त क्षेत्रमा स्थायित्व र समृद्धि प्रबद्र्धनका लागि सहयोग बढाउने बारेमा छलफल हुनेछ ।
भारतीय प्रतिनिधिमण्डलमा विदेश मन्त्री एस जयशंकर र रक्षा मन्त्री राजनाथ सिंह रहनु हुनेछ । भारत र अमेरिकाबीचको यो तेस्रो उच्चस्तरीय बैठक हो ।
अमेरिकी विदेश मन्त्री पोम्पेओले ट्वीट गर्दै भन्नुभएको छ, “म भारत, श्रीलंका, माल्दिभ्स र इन्डोनेसियाको भ्रमणमा जाँदैछु । स्वतन्त्र र खुला इन्डो–प्यासिफिक क्षेत्रका मुलुकहरुबीच अझ स्वतन्त्र, सुदृढ र समृद्ध मुलुकको निर्माणमा साझा धारणा बनाउनु मेरो भ्रमणको मुख्य उद्देश्य हो ।”
भारत र अमेरिकाबीचको वार्तामा क्षेत्रीय सुरक्षा सहयोग, प्रतिरक्षा सूचना आदानप्रदान, सैनिक–सैनिकबीचको अन्तक्र्रिया तथा प्रतिरक्षा व्यापार पनि समावेश हुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
यसअघि दुई मुलुकबीच सेप्टेम्बर २०१८ मा नयाँदिल्लीमा र सन् २०१९ मा वासिङट्न डिसीमा यस्तै मन्त्रीस्तरीय बैठकहरु भएका थिए ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम