
Students search for their belongings in a room near the site where a suicide bomber blew himself up in Kawsar-e Danis education centre, in Kabul on October 25, 2020. (Photo by WAKIL KOHSAR / AFP)
काबुल ।अफगानिस्तानको राजधानी काबुलनजिकैको एक शैक्षिक संस्थालाई लक्ष्य गरेर गरिएको आत्मघाती बम हमलामा परी कम्तीमा पनि ३० जनाको ज्यान गएको बताइएको छ ।
अफगानिस्तानको एक निजी शैक्षिक संस्थाको भवनलाई लक्षित गरेर भएको सो आत्मघाती आक्रमणमा मृत्यु हुनेको संख्या ३० पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।शनिबार भएको सो हमलामा परी शनिबार नै २२ जनाको मृत्यु भएको बताइएको थियो । आक्रमणमा परी कम्तीमा पनि ७० जना घाइते भएका बताइएको छ । आइतबार मृतकको संख्या बढेको हो ।
काबुलनजिकैको दश्त–ए–बार्ची क्षेत्रमा सो हमला भएको हो । उक्त क्षेत्रमा शिया मुसलमानको बाक्लो बस्ती रहेको छ । सो स्थानको भवनलाई लक्षित गरी शनिबार आक्रमण भएको थियो ।एकजना आत्मघाती व्यक्तिले सो भवनमा पुगेर आक्रमण गराएको बताइएको छ । ती व्यक्ति आत्मघाती भएको थाहा पाएर सुरक्षाकर्मीहरुले रोक्न खोज्दाखोज्दै विस्फोट गराएको बताइएको छ ।
त्यस आक्रमणको इस्लामिक स्टेटले आक्रमणको जिम्मा लिएको छ । उनीहरुले सामाजिक सन्जालमा एक सन्देश पोष्ट गर्दै सो आत्मघाती विस्फोटको जिम्मा लिएका हुन् ।पछिल्ला केही दिनमा अफगानिस्तानमा हिंसा बढेको छ । अधिकांश आक्रमण तालिबान समूहले गर्ने गरेको छ । तर यो पछिल्लो आक्रमणको भने स्लामिक स्टेटले जिम्मा लिएका छन् ।
एता कतारको राजधानी दोहामा सरकार र तालिबान समूहबीच शान्ति वार्ता भइरहेको छ । तर यता अफगानिस्तानमा भने हिंसा रोकिएको छैन ।
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
मलेसियाको बोर्नियोमा भीषण आगलागी, हजारौँ विस्थापित
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण