इडाहो । अमेरिकामा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या अहिलेसम्मकै धेरै देखिएको छ । लकडाउन खुकुलो हुँदै गएको, चुनावी गतिविधिहरु बढेको, भीडभाड धेरै हुन थालेको लगायतका कारणले सङ्क्रमितहरुको संख्यामा बृद्धि भएको अधिकारीहरुले जनाएका छन् ।
केही अस्पतालहरुमा सङ्क्रमितहरुको संख्या अत्यधिक भएको र उनीहरुकोमा त्यो संख्या पनि अहिलेसम्मकै धेरै भएको जनाइएको छ । अमेरिकामा शुक्रवार ८३ हजार भन्दा बढीमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको तथ्याङ्क छ । तर मृत्यु दर भने राम्रो उपचारका कारण कम भएको बताइएको छ ।
विभिन्न निकायहरुले दिएको विवरण अनुसार अमेरिकामा कोरोनाभाइरसको महामारी शुरू भए यता ८५ लाख मानिसहरू कोरोनाभाइरस सङ्क्रमित भएका छन् ।यस अघि एकैदिनमा सवैभन्दा धेरै सङ्क्रमित गत जुलाई १७ मा भएका थिए । त्यो दिन ७६ हजार ८ सय ४२ रहेकोमा अहिले झण्डै ६ हजारले बढी भएको देखिएको छ ।
त्यसैगरी साप्ताहिक विवरण हेर्दा पनि गत एक हप्तामा ४ लाख ४१ हजार भन्दा बढीमा सङ्क्रमित भएका छन् । यो सङ्ख्या पनि जुलाई यताको सबभन्दा धेरै भएको जनाइएको छ। तर मृत्यु भएकाहरुको सङ्ख्या भने गत अप्रिलको भन्दा कम नै रहेको छ । अप्रिलमा दैनिक दुई हजारको मृत्यु भएको थियो ।
पछिल्ला केही दिनदेखि सङ्क्रमितहरुको संख्यामा बृद्धि भएसँगै अस्पताल भर्ना हुनेहरुको संख्यामा पनि बृद्धि भएको छ । शुक्रवारको तथ्याङ्क अनुसार ४१ हजार ४८५ जना विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
कतिपय देशहरुमा पछिल्लो समयमा फेरी सङ्क्रमितहरुको संख्या बढ्न थालेको पाइएको छ । विश्व स्वास्थ्य सङ्गठनले पनि अमेरिकासहितका कतिपय मुलुकहरुमा कोरोनाभाइरसको सङ्क्रमण फैलिने क्रम अत्यन्त धेरै रहेको र ती क्षेत्रको अवस्था कठिन रहेको भन्दै चिन्ता व्यक्त गरेको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?