बेलायतमा सोमबार बिहान ७ बजेर ४५ मिनेटमा टिकाको शुभ साइत

लण्डन । बेलायतमा विजया दशमीको टिका साइत आगामी सोमबार २६ अक्टोबर बिहान ७ बजेर ४५ मिनेट टिकाको शुभ साइत रहेको छ । विश्व हिन्दु महासंघ बेलायतका अध्यक्ष चिरन्जीबी ढकालले अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णयक समितिको निर्णय अनुसार नै बेलायतमा विहान शुभ साइत रहेको जनाएका हुन । उनले डायस्पोरामा नेपाली समुदायहरुले मनाउदै आएको दशैैलाई यस पटक कोरोनाका कारण सामाजिक दूरी र स्थानीय सरकारको स्वास्थ्य सम्बन्धि निर्देशिका पालना गरि चाडपर्व मनाउनु पर्ने बताए ।
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णयक समितिले यस वर्ष विश्वका विभिन्न देशका शहरमा विजयादशमीको टीकाको साइत सार्वजनिक गरिसकेको छ । समितिको बैठकले नेपालको लागि कात्तिक १० गते (अक्टोबर २६) बिहान १०:१९ बजेको साइत उत्तम रहेको उल्लेख गरेको छ ।
यद्यपि उत्तम साइतपछि पूर्णिमाको दिनसम्म टीका लगाउन सकिने पनि जनाएको छ । यस बर्ष देवी विसर्जनको ८ मिनेटमै टीकाको साइत जुरेको समितिले जनाएको छ । घटस्थापनाको दिन चित्रा नक्षत्र परेको हुँदा टीकामा त्यसको असर परेको हो ।
समितिको निर्णय भन्दै संचार माध्यममा कुरालाई व्यावहारिक अनि पारिवारिक पक्षले सहज नरहेकाले २६ तारिख बिहान ७:४५ मा नै देवी विसर्जन गरी घरमूलीले साइत गरी अनुकूल समयमा टीका लगाउंदा उत्तम रहने ढकालको सुझाब छ । ‘यो पाँच दिनसम्म निरन्तर चलिरहने पर्व भएकाले तत्पश्चात मनाउन सकिने छ,’ उनले भने ।

साथै नेपालको समय बिहान १०:१९ को अनुरूप आफु बसेका देशको कति समय हुन्छ त्यहि समयमा आफ्ना परिवार सहित एकै समय, एकै भाव, एकै साइतमा टिका लगाउंदा यसको महत्व रहने ढकाल बताउँछन् । नेपाल भन्दा १ दिन अघि नै टिका लगाउंदा असहज देखिने र यो फ़ागु पूर्णिमा जस्तो नभएको उनले बताए । सप्ताहान्तमा अष्टमी, नवमी मनाउन सहज भएपनि टिकाभने एकै साइतमा गर्नु उत्तम हुने ढकालको राय छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री