लण्डन । बेलायतमा विजया दशमीको टिका साइत आगामी सोमबार २६ अक्टोबर बिहान ७ बजेर ४५ मिनेट टिकाको शुभ साइत रहेको छ । विश्व हिन्दु महासंघ बेलायतका अध्यक्ष चिरन्जीबी ढकालले अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णयक समितिको निर्णय अनुसार नै बेलायतमा विहान शुभ साइत रहेको जनाएका हुन । उनले डायस्पोरामा नेपाली समुदायहरुले मनाउदै आएको दशैैलाई यस पटक कोरोनाका कारण सामाजिक दूरी र स्थानीय सरकारको स्वास्थ्य सम्बन्धि निर्देशिका पालना गरि चाडपर्व मनाउनु पर्ने बताए ।
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णयक समितिले यस वर्ष विश्वका विभिन्न देशका शहरमा विजयादशमीको टीकाको साइत सार्वजनिक गरिसकेको छ । समितिको बैठकले नेपालको लागि कात्तिक १० गते (अक्टोबर २६) बिहान १०:१९ बजेको साइत उत्तम रहेको उल्लेख गरेको छ ।
यद्यपि उत्तम साइतपछि पूर्णिमाको दिनसम्म टीका लगाउन सकिने पनि जनाएको छ । यस बर्ष देवी विसर्जनको ८ मिनेटमै टीकाको साइत जुरेको समितिले जनाएको छ । घटस्थापनाको दिन चित्रा नक्षत्र परेको हुँदा टीकामा त्यसको असर परेको हो ।
समितिको निर्णय भन्दै संचार माध्यममा कुरालाई व्यावहारिक अनि पारिवारिक पक्षले सहज नरहेकाले २६ तारिख बिहान ७:४५ मा नै देवी विसर्जन गरी घरमूलीले साइत गरी अनुकूल समयमा टीका लगाउंदा उत्तम रहने ढकालको सुझाब छ । ‘यो पाँच दिनसम्म निरन्तर चलिरहने पर्व भएकाले तत्पश्चात मनाउन सकिने छ,’ उनले भने ।
साथै नेपालको समय बिहान १०:१९ को अनुरूप आफु बसेका देशको कति समय हुन्छ त्यहि समयमा आफ्ना परिवार सहित एकै समय, एकै भाव, एकै साइतमा टिका लगाउंदा यसको महत्व रहने ढकाल बताउँछन् । नेपाल भन्दा १ दिन अघि नै टिका लगाउंदा असहज देखिने र यो फ़ागु पूर्णिमा जस्तो नभएको उनले बताए । सप्ताहान्तमा अष्टमी, नवमी मनाउन सहज भएपनि टिकाभने एकै साइतमा गर्नु उत्तम हुने ढकालको राय छ ।
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
विश्वकप फुटबल : अर्जेन्टिनाको विजयी सुरुआत, अल्जेरिया पराजित
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
बेलायतका रक्षामन्त्री जोन हेलीद्वारा राजीनामा