नयाँ दिल्ली । भारतमा सोमबार कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या ७५ लाख नाघेको छ ।
सोमबार बिहानसम्म प्राप्त समाचारअनुसार भारतमा कोरोना सङ्क्रमित संख्या ७५ लाख ५० हजार २७३ पुगेको छ । यस सङ्क्रमणबाट ज्यान गुमाउने व्यक्तिको संख्या १ लाख १४ हजार ६१० जना पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भारतमा गत २४ घण्टामा ५५ हजार ७२२ जनामा थप सङ्क्रमण देखिएको र कोरोना सङ्क्रमणको कारण ५७९ जनाको मृत्यु यहाँको परिवार तथा स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
अझै पनि भारतभरी ७ लाख ७२ हजार ५५ व्यक्ति सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाको सङ्क्रमण देखा परेयता हालसम्म ६६ लाख ६३ हजार ६०८ जना सङ्क्रमित व्यक्तिहरु कोरोना भाइरस मुक्त भएका छन् । सङ्क्रमणमुक्त भएकाहरुको संख्यामा भारत अग्रस्थानमा रहेको छ ।
भारतमा सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या अहिले आठ लाखभन्दा कम भएको छ । यसअघि नौ, दश लाख सङ्क्रमितहरु रहने गरेकोमा केही यताबाट घटेर आठ लाखभन्दा कम भएको अधिकारीहरुले जनाएका छन् ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले गत शनिबार दिएको जानकारीअनुसार पछिल्लो ४५ दिनयता सङ्क्रमित अवस्थामै रहेकाहरुको यो सङ्ख्या अहिलेसम्मकै कम हो ।
कोरोनाको सङ्क्रमण देखा परेयता भारतमा सोमबारसम्म ९ करोड ५० लाख ८३ हजार ९७६ व्यक्तिलाई कोरोना भाइरस भएको या नभएको परिक्षण गरिएको भारतीय मेडिकल रिसर्च काउन्सिल (आइसीएमआर) ले जानकारी दिएको छ ।
जोन्स हकिन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार कोरोना भाइरसको सङ्क्रमणको कारण विश्वभरि हालसम्म ११ लाख भन्दा बढीको मृत्यु भएको छ । विश्वभरि महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) का कारण विश्वमा चार करोड भन्दा बढी मानिस सङ्क्रमित भएका छन् ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?