नयाँ दिल्ली । भारतमा सोमबार कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या ७५ लाख नाघेको छ ।
सोमबार बिहानसम्म प्राप्त समाचारअनुसार भारतमा कोरोना सङ्क्रमित संख्या ७५ लाख ५० हजार २७३ पुगेको छ । यस सङ्क्रमणबाट ज्यान गुमाउने व्यक्तिको संख्या १ लाख १४ हजार ६१० जना पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भारतमा गत २४ घण्टामा ५५ हजार ७२२ जनामा थप सङ्क्रमण देखिएको र कोरोना सङ्क्रमणको कारण ५७९ जनाको मृत्यु यहाँको परिवार तथा स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
अझै पनि भारतभरी ७ लाख ७२ हजार ५५ व्यक्ति सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाको सङ्क्रमण देखा परेयता हालसम्म ६६ लाख ६३ हजार ६०८ जना सङ्क्रमित व्यक्तिहरु कोरोना भाइरस मुक्त भएका छन् । सङ्क्रमणमुक्त भएकाहरुको संख्यामा भारत अग्रस्थानमा रहेको छ ।
भारतमा सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या अहिले आठ लाखभन्दा कम भएको छ । यसअघि नौ, दश लाख सङ्क्रमितहरु रहने गरेकोमा केही यताबाट घटेर आठ लाखभन्दा कम भएको अधिकारीहरुले जनाएका छन् ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले गत शनिबार दिएको जानकारीअनुसार पछिल्लो ४५ दिनयता सङ्क्रमित अवस्थामै रहेकाहरुको यो सङ्ख्या अहिलेसम्मकै कम हो ।
कोरोनाको सङ्क्रमण देखा परेयता भारतमा सोमबारसम्म ९ करोड ५० लाख ८३ हजार ९७६ व्यक्तिलाई कोरोना भाइरस भएको या नभएको परिक्षण गरिएको भारतीय मेडिकल रिसर्च काउन्सिल (आइसीएमआर) ले जानकारी दिएको छ ।
जोन्स हकिन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार कोरोना भाइरसको सङ्क्रमणको कारण विश्वभरि हालसम्म ११ लाख भन्दा बढीको मृत्यु भएको छ । विश्वभरि महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) का कारण विश्वमा चार करोड भन्दा बढी मानिस सङ्क्रमित भएका छन् ।
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा