बेइजिङ । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनमा कोरोनाभाइरस महामारी नियन्त्रणमा उल्लेखनीय सफलता प्राप्त गरेसँगै अर्थतन्त्रमा समेत तीव्र सुधार आएको छ । चीनमा उपभोक्ताहरु सपिङ मलमा सामान खरिद गर्न र सवारी साधन किन्न थालेका छन् ।
तर विश्व अर्थतन्त्रका धुरीका रुपमा रहेका संयुक्तराज्य अमेरिका र युरोपेली मुलुकहरु पीडादायी संकुचनबाट गुज्रिरहेका छन् ।
सोमबार सार्वजनिक सरकारी विवरणमा गत सेप्टेम्बरमा समाप्त भएको यस वर्षका पछिल्ला तीन महिनामा अर्थतन्त्र ४.९ प्रतिशतले विस्तार भएको उल्लेख छ । खुद्रा उपभोग्य सामानको बिक्री बढेको छ भने काराखानाको उत्पादनमा वृद्धि भएको छ । मास्क र अरु मेडिकल सामग्रीको निर्यात बढेका कारण चीनमा रोजगारी र उत्पादन दुवैमा सुधार आएको छ ।
क्यापिटल इकनमिक्सका जुलियन इभान्स–प्रिचर्डले एक रिपोर्टमा बताएअनुसार चिनियाँ अर्थतन्त्रको पुनरुत्थान जारी रहेको र सरकारी अनुदानको निर्भरता कम भएको छ । अर्थतन्त्रको वृद्धि अहिले पनि निरन्तर भइरहेको उहाँले बताउनुभयो ।
चीनमा गत डिसेम्बरमा कोरोना महामारीको थालनी भए पनि सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीले गत मार्चमा यस रोगको नियन्त्रण भइसकेको घोषणा गरेको थियो । उक्त घोषणासँगै विश्वकै ठूलो अर्थतन्त्र भएको मुलुक चीनले कारखाना, पसल र कार्यालय खोल्ने पहिलो मुलुक बन्यो ।
विश्वका प्रमुख अर्थतन्त्र भएका मुलुकमध्ये चीनको मात्र आर्थिक वृद्धि हुने अनुमान गरिएको छ । यस वर्ष संयुक्तराज्य अमेरिका, युरोप र जापानको आर्थिक कृयाकलाप संकुचित हुँदैछन् ।
अन्तर्राष्ट्रिय मुद्रा कोषले भने यस वर्ष चीनको आर्थिक वृद्धि १.८ प्रतिशत हुने भविष्यवाणी गरिरहेको छ जबकि अमेरिकी अर्थव्यवस्था ४.३ प्रतिशतले संकुचित हुने अनुमान गरेको छ । कोषले फ्रान्सको ९.८ प्रतिशत, जर्मनीको ६ र जापानको ५.३ प्रतिशतले अर्थतन्त्र संकुचित हुने पूर्वानुमान गरेको छ ।
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल