वासिङ्टन । भिडियो हेर्न मिल्ने लोकप्रिय माध्यमको रुपमा रहेको युट्युवले कोरोनाभाइरसका बारेमा भ्रम फैलाउने भिडियोहरु आफै हटाइदिने भएको छ । युट्युवमा कतिपयले भ्रामक भिडियोहरु पोष्ट गरेर युट्युवका कारण समाजमा नकारात्मक असर परेकोभन्दै आलोचना भएपछि युट्युवले त्यस्ता भिडियो हटाउने घोषणा विहिबार गरेको हो ।
विश्व स्वास्थ्य संगठनले मान्यता नदिएपनि कतिपय व्यक्तिहरुले कोरोनाविरुद्धको औषधी वा खोप पत्ता लागेको भन्दै युट्युवमा हालेको भिडियो बढी विवादमा परेको थियो । युट्युवका प्रवक्ता फर्शाद शाड्लुद्धारा जारी वक्तव्यमा लेखिएको छ, “कोरोनाभाइरसका विरुद्धमा प्रयोग हुने औषधी वा खोप भन्दै कतिपय भ्रमण छर्ने भिडियोहरु युट्युवमा प्रयोग भएको र त्यसका बारेमा उजुरीहरु समेत आएकाले त्यस्ता भिडियोहरु हटाउने निर्णय गरिएको हो ।”
स्वास्थ्य जस्तो सम्वेदनशील विषयमा भ्रम छर्ने भिडियोहरुले मानव जीवनमाथी नै खतरा उत्पन्न गर्न सक्ने भएकाले त्यस्ता भिडियो हटाउन बाध्य भएको उहाँको भनाई छ । गलत तथा भ्रामक भिडियोहरु नै बढी हेरिएकाले पनि त्यस्ता भिडियोहरु सामाजिक तथा मानवहितका लागि हानीकारक भएको युट्युवको ठम्याई छ ।
कस्ता कस्तो भिडियो हटाउने भन्ने बारेमा निर्देशिका नै बनाइएको र आवश्यक गृहकार्यहरु पनि गरिएको युट्युवका प्रवक्ता शाड्लुले उल्लेख गर्नुभएको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने