नाइजेरिया । नाइजेरियाको कादुना राज्यमा अज्ञात बन्दुकधारीहरुले १२ जना सर्वसाधारण गाउँलेको गोली हानी हत्या गरेका छन् । उनीहरुले कादुना राज्यको गिवा गाउँमा ती गाउँलेको हत्या गरेका हुन् । ठूलो संख्यामा आएका बन्दुकधारीहरुले अन्धाधुन्ध गोली प्रहार गरेर उनीहरुको हत्या गरेका र अरु कैयौँलाई नराम्ररी घाइते बनाएका छन् ।
गएको शुक्रबार र शनिबार सो गाउँमा ठूलो हिंसा भएको प्रहरीले जनाएको छ । तर ती गाउँलेको कसले र किन हत्या गरेको हो भन्ने बारेमा भने प्रहरीले केही पनि बताएको छैन । गिवा गाउँको किदान्दान र कदाई भन्ने स्थानमा ती बन्दुकधारीहरुले गाउँलेमाथि हमला गरेका थिए ।
प्रत्यक्षदर्शीहरुले गएको शुक्रबार र शनिबार ती स्थानमा ठूलो संख्याका हतियारधारी आएर बन्दुकले हमला गरेका थिए । उनीहरुले दर्जनौँ गाउँलेलाई घाइते बनाएका छन् । ती गाउँमा गएका केही महिनादेखि हिंसाका घटना भइरहेका छन् । तर ती हत्याको जिम्मेवारी भने कुनै पनि समूहले लिएको छैन ।
ती जिल्लाका जिल्ला प्रमुखहरुले शान्ति सुरक्षा कायम गर्नका लागि भन्दै यहाँको प्रान्तीय सरकारसँग थप सुरक्षाकर्मी माग गरेको जानकारी दिनुभएको सिन्ह्वा समाचार समितिले जानकारी दिएको छ ।
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल